नुवाकोट क्षेत्र नम्बर १ बाट पूर्वमन्त्री तामाङको उम्मेदवारी दर्ता
विदुर खबर
२०७९ असोज २४ गते १४:२२

नुवाकोट । प्रतिनिधिसभा नुवाकोट क्षेत्र नम्बर १ मा पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हितबहादुर तामाङले उम्मेदवारी दर्ता गरेका छन् ।
निर्वाचन क्षेत्र १ को कार्यालय खरानीटार पुगी तामाङले आइतबार दिउँसो वाम-लोकतान्त्रिक गठबन्धनबाट क्षेत्र नम्बर १ मा उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका हुन् । तामाङ २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।
यस्तै प्रदेशतर्फ १ (क) मा माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा निवर्तमान उपसभामुख राधिका तामाङ र १ (ख) नेपाल कांग्रेसका नुवाकोट जिल्ला सभापति रमेशकुमार महतको उम्मेदवारी दर्ता भएको छ ।
Advertisement
प्रदेशसभा उम्मेदवार तामाङ यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया