साफ फुटबल : नेपालद्धारा भुटान ४–० ले पराजित

विदुर खबर २०७५ भदौ २१ गते १२:५८

ढाका , साफ च्याम्पियनसिप अन्तर्गत नेपालले भुटानलाइ ४-० गाेल अन्तरले पराजित गरेका छ । बंगबन्धु रंगशालामा बिहिबार भएकाे खेलकाे पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा थप तीन गोल गरेको थियो ।

Advertisement

नेपालले खेलमा अग्रता २१ औ मिनेटमा अनन्त तामाङको गोलबाट लिएको थियो ।शुनिल वलको कर्नरमा अनन्तले गोल गरेका थिए । ६९ औ मिनेटमा उनै सुनिलले नेपालको अग्रतालाई दोब्बर पारे । विमल घर्तिमगरले प्रहार गरको पेनाल्टी असफल भएपछि फर्किएको बलमा सुनिल वलले गोल गरेका थिए ।

तेस्रो गोल भरत खवासको नाममा रह्यो । खवासले ७९ औ मिनेटमा गोल गरेका थिए । मैदान छिरेको चौथो मिनेटमा मध्यभागबाट एक्लै बल अघि बढाउदै भरतले गोल गरेका थिए ।खेल सकिन २ मिनेटबाँकी छदाँ निराजन खड्काले चौथो गोल गर्दै नेपाललाई फराकिलो अन्तरको जित दिलाए ।
योसंगै नेपाल सेमिफाईनलको नजिक पुगेको छ ।

Advertisement

नेपालले अब शनिबार समुह चरणको अन्तिम खेलमा बंगलादेशसंग खेल्नेछ ।

प्रतिक्रिया