धादिङको गल्छी गाउँपालिकामा दुर्घटना हुँदा एकजनाको मृत्यु

विदुर खबर २०७९ असोज २३ गते ८:१२
सांकेतिक तश्वीर ।

नुवाकोट । धादिङको पृथ्वीराजमार्ग अन्तर्गत गल्छी गाउँपालिका-६ सुत्केरी ढुंगा नजिकै दुर्घटना हुँदा शनिबार एकजनाको मृत्यु भएको छ ।

Advertisement

मुग्लिनबाट काठमाण्डौंतर्फ जाँदै गरेको बा १८ च ४९३५ नम्बरको कारले पैदल यात्रुलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गल्छी गाउँपालिका-६ कि ५१ वर्षीया दिनामाया आचार्यको भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव उपरिक्षक भावेश रिमालले बताए ।

दुर्घटना गराउने सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

Advertisement

प्रतिक्रिया