भट्टराईकी छोरी मानुषीले पाइन् काठमाडौं-७ बाट टिकट
नुवाकोट । माओवादी केन्द्रबाट मानुषी यमी भट्टराईले काठमाडौैं निर्वाचन क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभा सदस्यको टिकट पाएकी छन् ।
नेपाल समाजवादी पार्टीकी केन्द्रीय सदस्य मानुषीले काठमाडौं ७ बाट टिकट लिइसकेको बताइन् । माओवादी केन्द्र र नेसपार्टीले हँसिया हथौडा चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुने सहमति गरेको थियो । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र पूर्वमन्त्री हिसिला यमीकी छोरी मानुषीलाई माओवादीले काठमाडौं ७ बाट उम्मेदवार बनाएको हो ।
भट्टराई पक्षका महिन्द्रराय यादवलाई माओवादीले सर्लाही निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाएको छ ।नेसपामा रहेका मानुषी र महिन्द्रले टिकट पाएका निर्वाचन क्षेत्र सत्तारुढ गठबन्धनमा माओवादी केन्द्रले लिने सहमति भएको थियो ।
मानुषीले आफूले टिकट लिइसकेको र उम्मेदवारी दर्ताको तयारीमा रहेको बताइन् । उनले यसअघि घरदैलो कार्यक्रमसहित चुनाव प्रचारप्रसार सुरु गरिसकेकी थिइन् ।
पूर्वप्रधानमन्त्री भट्टराईले भने निर्वाचनमा भाग नलिने बताइसकेका छन् । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट २०७४ सालमा निर्वाचित भएका उनले यसपटक संसदीय राजनीतिमा सहभागी नहुने बताएका हुन् । उक्त क्षेत्रबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चुनाव लड्ने भएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया