इन्डोनेसियाको फुटबल मैदानमा झडप, १२७ जनाभन्दा बढीको मृत्यु

विदुर खबर २०७९ असोज १६ गते ८:००

एजेन्सी । इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी १२७ भन्दा बढीको मृत्यु भएको छ। मारिनेमा दुई जना प्रहरी अधिकारीहरु समेत छन्।

Advertisement

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ३५ जनाको मैदानमै मृत्यु भएको थियो भने बाँकीको उपचारका क्रममा मृत्यु भएको थियो। फुटबल खेलको क्रममा जम्मा भएको भीडमा भागदौड मच्चिँदा १२७ जनाको मृत्यु भएको र १८० जना घाइते भएको जनाइएको छ। शनिबार पूर्वी इन्डोनेसियाको जाभा प्रान्तको कंजुरुहान स्टेडियममा घटना भएको थियो।

अरेमा एफसी र पर्सेबाया सुरबायाबीच खेल चलिरहेका बेला हार्ने पक्षका समर्थकहरूले पिचमा आक्रमण गरेका थिए। यसक्रममा केही व्यक्तिले खेलाडीमाथि समेत आक्रमण गरेका थिए।

Advertisement

घटनाले उग्र रूप लिएपछि नियन्त्रणका लागि प्रहरील लाठी चार्ज र अश्रु ग्यास प्रहार गर्नुपरेको थियो।

प्रतिक्रिया