किशोर थापाले पनि छाडे विवेकशील साझा
विदुर खबर
२०७९ असोज १३ गते ८:४८
नुवाकोट । २०७४ सालको स्थानीय तहको निर्वाचनका काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार रहेका किशोर थापाले पनि विवेकशील साझा पार्टीबाट राजीनामा दिएका छन्।
पार्टीको केन्द्रीय सदस्य रहेका थापाले पार्टी अध्यक्ष समीक्षा बास्कोटासमक्ष राजीनामा दिएका हुन्। थापाले असोज ४ गतेको मिति राखेर पार्टी अध्यक्ष बास्कोटालाई बुझाएको राजीनामा पत्र सार्वजनिक भएको छ। उनले सोही दिन (असोज ४ गते)देखि नै लागू हुनेगरी राजीनामा दिएको उक्त पत्रमा उल्लेख गरेका छन्।
नेपाल सरकारका पूर्व सचिव समेत रहेका थापा २०७४ सालको निर्वाचनमा ‘स्वतन्त्र उम्मेदवार’को रुपमा काठमाडौं महानगरपालिकाको मेयरका लागि प्रतिस्पर्धी थिए।
नेकपा एमालेका विद्यासुन्दर शाक्य ६४ हजार ९१३ मत ल्याएर महानगरको मेयर निर्वाचित हुँदा थापा भने १८ हजार ४९६ मतसहित चौथो स्थानमा सीमित भएका थिए।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













सुदन गुरुङ नै भन्न थाले–निर्वाचन हुन्न !
७ जिल्लाका सीडीओ फेरिए
ओली बाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन्ः
एक करोड रुपैयाँ संकलन गर्दै महायज्ञ सम्पन्न
वामदेव गौतम नेतृत्वको पार्टी खारेज





प्रतिक्रिया