बनुवा घुम्ती नजिकै सवारी साधन फस्ने समस्या बढ्दै
नुवाकोट । रसुवाको उत्तरगया गाउँपालिका ५ बनुवा घुम्ती नजिकै पासाङ ल्हामु मार्गमा दिनहुँ सवारी साधन फस्ने समस्या बढेको छ ।
पहिरोका कारण गत साउन २५ गतेदेखि अवरुद्ध पासाङ ल्हामु मार्ग पुन: सञ्चालनमा आए पनि उक्त स्थानमा सवारी साधन फस्ने समस्या देखापरेको हो ।
सडक निर्माण गरिएको स्थानमा हिलो भएको कारण सडक भासिँदा सवारी साधन फस्ने गरेको हो । दिनहुँ सवारी साधन बाटोमै फसेर सडक अवरुद्ध हुने गरेको छ । सडकमा सवारी फस्दा चीनबाट आयात भएका सामग्री राजधानी लैजान, जिल्लामा सञ्चालित विकास निर्माणका सामग्री भित्र्याउन तथा चाडबाडको समयमा खाद्य सामग्री ढुवानी गर्न समस्या भएको छ ।
अवरुद्ध सडक खुलाउन हिलोमा फसेका सवारी साधनललाई यात्रु तथा चालकहरूले धकेल्ने र डोरीले तानेर निकाल्ने गर्दै आएका छन् । सडक निर्माण भए पनि राम्रोसँग ग्राभेल हुन नसकेको भन्दै यात्रु र चालकहरू आक्रोशित भएका छन् ।
उक्त स्थानमा गत साउन २४ गते रातिको अविरल वर्षाले पहिरो जाँदा सडकमा क्षति पुगेको थियो । पहिरोले उत्तरगया गाउँपालिका-५ नौबिसे र बनुवा घुम्तीमा रहेका घरहरू जोखिममा परेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया