बनुवा घुम्ती नजिकै सवारी साधन फस्ने समस्या बढ्दै
नुवाकोट । रसुवाको उत्तरगया गाउँपालिका ५ बनुवा घुम्ती नजिकै पासाङ ल्हामु मार्गमा दिनहुँ सवारी साधन फस्ने समस्या बढेको छ ।
पहिरोका कारण गत साउन २५ गतेदेखि अवरुद्ध पासाङ ल्हामु मार्ग पुन: सञ्चालनमा आए पनि उक्त स्थानमा सवारी साधन फस्ने समस्या देखापरेको हो ।
सडक निर्माण गरिएको स्थानमा हिलो भएको कारण सडक भासिँदा सवारी साधन फस्ने गरेको हो । दिनहुँ सवारी साधन बाटोमै फसेर सडक अवरुद्ध हुने गरेको छ । सडकमा सवारी फस्दा चीनबाट आयात भएका सामग्री राजधानी लैजान, जिल्लामा सञ्चालित विकास निर्माणका सामग्री भित्र्याउन तथा चाडबाडको समयमा खाद्य सामग्री ढुवानी गर्न समस्या भएको छ ।
अवरुद्ध सडक खुलाउन हिलोमा फसेका सवारी साधनललाई यात्रु तथा चालकहरूले धकेल्ने र डोरीले तानेर निकाल्ने गर्दै आएका छन् । सडक निर्माण भए पनि राम्रोसँग ग्राभेल हुन नसकेको भन्दै यात्रु र चालकहरू आक्रोशित भएका छन् ।
उक्त स्थानमा गत साउन २४ गते रातिको अविरल वर्षाले पहिरो जाँदा सडकमा क्षति पुगेको थियो । पहिरोले उत्तरगया गाउँपालिका-५ नौबिसे र बनुवा घुम्तीमा रहेका घरहरू जोखिममा परेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












Breaking News कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ
आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन





प्रतिक्रिया