पातञ्जल योग समिति नुवाकोटले पुर्णता पायो

विदुर खबर २०७९ असोज १२ गते २०:४२

नुवाकोट । पातञ्जल योग समिति नुवाकोटले पुर्णता पाएको छ ।

Advertisement

सोमवार नुवाकोटको लिखु गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरि समितिलाई पुर्णता दिइएको हो ।

समितिको अध्यक्ष तुलसी दवाडी, उपाध्यक्षमा खेमप्रसाद दुलाल सचिवमा उपेन्द्र मिश्र र कोषाध्यक्षमा देवकी खतिवडा चयन भएका छन् । यस्तै समितिको सदस्यहरुमा प्रकाश खतिवडा, सपना लामिछाने, विनिता गुणी र अच्युतम ढकाल चयन भएका छन् ।

Advertisement

पातञ्जल योग समिति नेपाल बागमती प्रदेशद्वारा आयोजित प्रारम्भिक योग शिक्षक तालिमको अवसर पारेर कार्यसमितिलाई पुर्णता दिइएको हो ।

यस्तै कार्यक्रममा पातञ्जल योग समिति नेपाल बागमती प्रदेशको सदस्यमा दिपक राज केसी र हरिदेव चित्रकार चयन भएका छन् । उनीहरुलाई पातञ्जल योग समिति नेपालका केन्द्रीय सदस्य तथा योग गुरु युक्त गिरी, पातञ्जल योग समिति नेपाल बागमती प्रदेश अध्यक्ष स्नेहा उषा गिरी लगायतको उपस्थिति बाग्मति प्रदेशको जिम्मेवारी दिइएको हो ।

Advertisement

यस्तै कार्यक्रममा २१ दिन सम्म सञ्चालित प्रारम्भिक योग शिक्षक तालिमका सहभागीहरुको दिक्षान्त समारोह समेत गरिएको थियो ।

यस्तै कार्यक्रममा जिल्ला समिति, नगर समिति, विभागिय पदाधिकारी लगायतको जिम्मेवारी तथा पदभार ग्रहण समेत गरिएको छ ।

कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष गणेशकुमार नेपालले पातन्जल नेपाल बागमती प्रदेश अध्यक्ष स्नेहा गिरीलाई मायाको चिनो र योग प्रशिक्षकहरुलाई सम्मान पत्र र मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रममा पातन्जल नेपाल बागमती प्रदेश संगठन विभाग प्रमुख उद्दवराज थापा, जिल्ला अध्यक्ष तुलसी दुवाडी, केन्द्रीय प्रशिक्षण विभागका प्रमुखसुवर्णलाल चित्रकार, बागमती प्रदेश प्रशिक्षण विभाग प्रमुख अर्जुन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया