धादिङको गजुरीमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु

विदुर खबर २०७९ असोज ६ गते १७:३२

नुवाकोट । धादिङको गजुरीमा बसको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएको छ ।

Advertisement

काठमाडौंबाट गोरखा जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसले स्थानीय आदर्श माविका विद्यार्थीलाई ठक्कर दिएको हो । मृत्यु हुने विद्यार्थी कक्षा १ मा पढ्ने ६ वर्षीय विजय परियार रहेको विद्यालयका प्रधानाध्यापक राम अर्यालले बताए ।

गजुरी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला बिसुरालले ती विद्यार्थीको घटनास्थलमै मृत्यु भएको इकान्तिपुरलाई जानकारी दिइन् । जेब्राक्रसबाट बाटो काट्दै गर्दा बसले विद्यार्थीलाई ठक्कर दिएको उनले बताइन् । अहिले गजुरी बजार तनावग्रस्त रहेको छ । दुवैतर्फबाट आएका सवारी साधन रोकिएका छन् ।

स्थानीय बासिन्दा र विद्यार्थीहरूले पृथ्वी राजमार्गमा प्रदर्शन गरिरहेका छन् । ठक्कर दिने बसलाई उनीहरूले आगजनी गरेको पनि उपाध्यक्ष बिसुरालले बताइन् ।
Advertisement

प्रतिक्रिया