पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश गर्ने
विदुर खबर
२०७९ असोज ६ गते ७:१०
नुवाकोट । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजी) सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गर्ने निधो भएको छ ।
खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पार्टी मुख्यालय च्यासलमा एक कार्यक्रमबीच एमाले प्रवेस गराउने कार्यक्रम तय भएको स्रोतले जनाएको छ । एमालेमा आवद्ध हुन लागेका खनालले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिने तयारी समेत भएको छ।
निर्वाचन क्षेत्र अहिलेसम्म तय नभएको र आफू एमालेमार्फत राजनीतिमा आउने निर्णय गरेको खनालले बताएका छन् ।
खनाल तनहुँ, पर्सा वा बारा जिल्ला मध्य एक ठाउँबाट चुनावी मैदानमा उत्रिने अनुमान गरिएको छ। खनालले बुधबार अध्यक्ष ओलीसँग बालकोटमा भेट गरेका थिए।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)





प्रतिक्रिया