पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश गर्ने

विदुर खबर २०७९ असोज ६ गते ७:१०

नुवाकोट । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजी) सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गर्ने निधो भएको छ ।

Advertisement

खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पार्टी मुख्यालय च्यासलमा एक कार्यक्रमबीच एमाले प्रवेस गराउने कार्यक्रम तय भएको स्रोतले जनाएको छ । एमालेमा आवद्ध हुन लागेका खनालले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिने तयारी समेत भएको छ।

निर्वाचन क्षेत्र अहिलेसम्म तय नभएको र आफू एमालेमार्फत राजनीतिमा आउने निर्णय गरेको खनालले बताएका छन् ।

Advertisement

खनाल तनहुँ, पर्सा वा बारा जिल्ला मध्य एक ठाउँबाट चुनावी मैदानमा उत्रिने अनुमान गरिएको छ। खनालले बुधबार अध्यक्ष ओलीसँग बालकोटमा भेट गरेका थिए।

प्रतिक्रिया