नुवाकोट क्षेत्र नम्बर १ मा डाक्टर महतलाई माग्दै बालुवाटार पुगे काङ्ग्रेस नेताहरु

विदुर खबर २०७९ असोज ५ गते २१:११

नुवाकोट । नुवाकोटका काङ्ग्रेस नेताकार्यकर्ताहरु नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतलाई नुवाकोट क्षेत्र नम्बर १ मा प्रत्यक्ष उम्मेदवार बनाउनुपर्ने माग गर्दै बालुवाटार पुगेका छन् ।

Advertisement

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार गठबन्धनको बैठक बसिरहेका बेला नुवाकोटा काङ्ग्रेसका एक हुल कार्यकर्ता डा. महतका लागि नुवाकोट क्षेत्र नम्बर १ दिनुपर्ने माग राख्दै पुगेका हुन।

सो समूहमा नुवाकोट काङ्ग्रेसका क्षेत्रीय सभापति तथा गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठ, पार्टीका जिल्ला सचिव बैकुण्ठ मिश्र, सहसचिव उत्तम पाठक, वागमती प्रदेश सदस्य धनकुमारी थापा (सरु) लगायत रहेका छन्।

Advertisement

डाक्टर महतको नाम समानुपातिक तर्फ समेटिएको हल्ला चलिरहेको बेला काङ्ग्रेसको यसप्रकारको योजना निक्कै उत्सुकतापूर्वक हेरिएको छ।

लिखु गाउँपालिकाका अध्यक्ष तथा क्षेत्रीय सभापति ध्रुव श्रेष्ठले भने- ‘नुवाकोट क्षेत्र नम्बर १ बाट प्रत्यक्षमा डा. प्रकाश महतको लागि टिकट पाउनुपर्छ भन्ने हाम्रो दाबी हो । उनको नाम एक नम्बरमा राखेर क्षेत्रबाट पठाइएको छ ।

Advertisement

हामी सो क्षेत्रबाट माओवादीलाई भोट हाल्दैनौं र जिताउन सक्दैनौं।’

उता माओवादी केन्द्रका नेता हितबहादुर तामाङले संघमा आफू विरुद्ध कसैको नाम अगाडि बढाइएको खण्डमा बिद्रोह गर्ने चेतावनी यसअघि नै दिईसकेका छन् ।

प्रतिक्रिया