मुड्खु–तीनपिप्ले सडकको ठेक्का कमलजित–ड्रागन जेभीले पाउने

विदुर खबर २०७९ असोज ५ गते ७:४४

नुवाकोट । बालाजु–रानीपौवा सडकअन्तर्गत मुड्खु–तीनपिप्ले सडक खण्डको ठेक्का कमलजित–ड्रागन जेभीले पाउने भएको छ।

Advertisement

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक सुधार तथा विकास आयोजना निर्देशनालयले जारी कमलजित–ड्रागन जेभीले ठेक्का पाउने आशयको सूचना जारी गरेको छ।

बालाजु–रानीपौवा सडक टुक्र्याएर ५.५ किलोमिटर दूरीको बीचको खण्ड ‘फास्ट ट्रयाक’मा स्तरोन्नति गर्न ठेक्का गरिएको हो।

Advertisement

बालाजु–रानीपौवाको उक्त सडक खण्ड स्तरोन्नतिका लागि शैलुङ कन्स्ट्रक्सनले ठेक्का लिएपनि काम भने पूरा गर्न सकेको थिएन। पटक–पटक ताकेता गर्दा पनि ठेकेदारले काम नगरेपछि उक्त ठेक्का तोडेर नयाँ ठेक्का गर्ने तयारी भएको छ।

सातपटक म्याद थप्दा पनि आयोजनामा प्रगति नभएपछि सडक सुधार तथा विकास आयोजना निर्देशनालयले गत असार ५ मा ठेक्का तोडेको थियो।

Advertisement

ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वर्षका लागि कालोसूचीमा राखिसकेको छ।

प्रतिक्रिया