विदुर ५ को सार्वजनिक स्थानमा धुम्रपान मद्यपान गरे कारवाही हुने

विदुर खबर २०७९ असोज ४ गते १५:०६

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ को सार्वजनिक स्थानमा धुम्रपान गरे अबदेखि कारवाही हुने भएको छ ।

Advertisement

वडा कार्यालयले मंगलवार एक सुचना जारी गर्दे वडा कार्यालय भित्र रहेका सार्वजनिक स्थानमा धुम्रपान मध्यपान गरे कारवाही गर्ने चेतावनी दिएको हो ।

वडाध्यक्ष लिलानाथ न्यौपानेद्धारा हस्ताक्षर गरिएको सुचनामा विद्यालय हाताभित्र, वडा कार्यालयको हाताभित्र तथा सार्वजनिक स्थानमा धुम्रपान तथा मद्यपान गरेमा कारवाही हुने बताइएको छ ।

Advertisement

वडाध्यक्ष लिनालाथ न्यौपानेले वडाभित्रको रहेका सार्वजनिक स्थानहरुमा धुम्रपान र मद्यपान गर्दा समाजमा नकरात्मक शन्देश दिने भएकोले वडाभित्रका सार्वजनिक स्थानमा धुम्रपान मद्यपान निषेध गरिएको बताए ।

उनले शिक्षण संस्था र स्वास्थ्य संस्थामा धुम्रपान र मध्यापन गर्दा सभ्यताको सुचांक राम्रो नहुने बताए ।

Advertisement

वडाध्यक्ष न्यौपानेले शिक्षा र स्वास्थ्यका क्षेत्रमा वडा कार्यालयले विशेष ध्यान दिने भन्दै जनताले महसुस गर्ने परिर्वतन आफुहरुले गर्न खोजेको बताए

 

प्रतिक्रिया