नगरवासीको काममा कसैसँग सम्झौता हुँदैन मेयर श्रेष्ठ

विदुर खबर २०७९ असोज ४ गते ८:३३

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले जनताको काममा कसैसँग सम्झौता नहुने बताएका छन् ।

Advertisement

शनिवार विदुरमा शिखर इन्स्योरेन्स लिमिटेडद्धारा आयोजित बिमा सचेतना कार्यक्रममा बोल्दै मेयर श्रेष्ठले जनताको काममा आफु सधैँ तत्पर रहेको भन्दै जनतालाई दिने सेवा सुविधामा आफुलै कुनै कम्प्रमाइज नगर्ने बताएका हुन् ।

मेयर श्रेष्ठले नगरपालिकाको सेवा प्रवाहको विषयमा केही समस्या देखिएमा तत्काल आफुलाई खबर गर्न आग्रह गरेका छन् । उनले जनताको हरेक सरोकारको विषयमा नगरपालिका जानकार रहेकोले तत्काल देखिएका समस्या समाधान गर्न तयार रहेको बताए ।

Advertisement

फरक प्रसंगमा मेयर श्रेष्ठले दुध कृषकहरुका लागि नगरपालिकाले दिने अनुदानलाई निरन्तरता दिएको बताए । संयन्त्रको अभावका कारणले दिइएको अनुदान वितरण गर्न भने नसकिएको उनको भनाई छ ।

 

Advertisement

प्रतिक्रिया