नुवाकोट निर्माण व्यवसायी संघको अध्यक्षमा प्याकुरेल र थपलिया भिड्दै

विदुर खबर २०७९ भदौ ३० गते २१:३५
अध्यक्षका उम्मेद्धवार कृष्णप्रसाद थपलिया र शैलेन्द्रराज प्याकुरेल

नुवाकोट । नुवाकोट जिल्लाका निर्माण व्यवसायीको छाता संगठन नुवाकोट निर्माण व्यवसायी संघको चौधा वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनको आज शुरु भएको छ ।

Advertisement

संघको अधिवेशनको उद्घाटन नेपाल निर्माण व्यवसायी महासब्घका अध्यक्ष रवि सिंहले लगायतले गरेका छन् ।
संघको यो अधिवेशनबाट नेतृत्वसमेत चयन हुने भएकाले यो अधिवेशनलाई विशेष महत्वका साथ व्यवसायीले लिएका छन् ।

अधिवेशनबाट नेतृत्व सर्वसम्मत गर्न अगज व्यवसायी लागिरहेका छन् । दुई सय ९३ सदस्यले भाग लिने अधिवेशनमा अध्यक्ष पदमा शैलेन्द्रराज प्याकुरेल र कृष्णप्रसाद थपलिया छुट्टाछुट्टै समुह बनाएर मैदानमा उत्रिएका छन् ।

Advertisement

दुवैजना टिम बनाएर निर्वाचनको तयारी गरिरहेका छन् । निर्वाचनका लागि आज मनोनयन दर्ता भएको छ । अध्यक्षका आकांक्षी दुवैलाई समेटेर सर्वसम्मत नेतृत्व चयन गर्न बहालवाला अध्यक्ष सुमन अधिकारी, निवर्तमान अध्यक्ष एवम् पूर्वअध्यक्षसहित अग्रज निर्माण व्यवसायी सक्रिय रहेका छन् ।

संघका स्थापनादेखि नै सक्रिय प्याकरेलु र थपलिया नेपाली काग्रेसनिकट हुन् । संघमा नेपाली काग्रेस समर्थक व्यवसायीको बाहुल्य रहेको छ । निर्वाचनमा काग्रेसइतर मतदाता निर्णायक हुने बताएका छन् ।

Advertisement

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपा समर्थित सयको हाराहारीमा सदस्य रहेका छन् । उक्त सदस्य मतदातालाई समेटेर टिम बनाउन प्याकुरेल र थपलिया लागरिहेका एक व्यवसायीले बताएका छन् ।

प्रतिक्रिया