नुवाकोट निर्माण व्यवसायी संघको अध्यक्षमा प्याकुरेल र थपलिया भिड्दै

नुवाकोट । नुवाकोट जिल्लाका निर्माण व्यवसायीको छाता संगठन नुवाकोट निर्माण व्यवसायी संघको चौधा वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनको आज शुरु भएको छ ।
संघको अधिवेशनको उद्घाटन नेपाल निर्माण व्यवसायी महासब्घका अध्यक्ष रवि सिंहले लगायतले गरेका छन् ।
संघको यो अधिवेशनबाट नेतृत्वसमेत चयन हुने भएकाले यो अधिवेशनलाई विशेष महत्वका साथ व्यवसायीले लिएका छन् ।
अधिवेशनबाट नेतृत्व सर्वसम्मत गर्न अगज व्यवसायी लागिरहेका छन् । दुई सय ९३ सदस्यले भाग लिने अधिवेशनमा अध्यक्ष पदमा शैलेन्द्रराज प्याकुरेल र कृष्णप्रसाद थपलिया छुट्टाछुट्टै समुह बनाएर मैदानमा उत्रिएका छन् ।
दुवैजना टिम बनाएर निर्वाचनको तयारी गरिरहेका छन् । निर्वाचनका लागि आज मनोनयन दर्ता भएको छ । अध्यक्षका आकांक्षी दुवैलाई समेटेर सर्वसम्मत नेतृत्व चयन गर्न बहालवाला अध्यक्ष सुमन अधिकारी, निवर्तमान अध्यक्ष एवम् पूर्वअध्यक्षसहित अग्रज निर्माण व्यवसायी सक्रिय रहेका छन् ।
संघका स्थापनादेखि नै सक्रिय प्याकरेलु र थपलिया नेपाली काग्रेसनिकट हुन् । संघमा नेपाली काग्रेस समर्थक व्यवसायीको बाहुल्य रहेको छ । निर्वाचनमा काग्रेसइतर मतदाता निर्णायक हुने बताएका छन् ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपा समर्थित सयको हाराहारीमा सदस्य रहेका छन् । उक्त सदस्य मतदातालाई समेटेर टिम बनाउन प्याकुरेल र थपलिया लागरिहेका एक व्यवसायीले बताएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोल बढेन





प्रतिक्रिया