नुवाकोटको देवीघाट–गल्छी सडकखण्ड अवरुद्ध
नुवाकोट । मंगलवार साँझ आइचरको ठक्करबाट मृत्यु भएका बेलकोटगढी नगपालिका वडा नम्बर ७ का वीरेन्द्र कुँवरका आफन्तले घटनाको दोषीलाई कारवाही र मृतकमा आफन्तलाई क्षतिपुर्तीको माग गर्दे गल्छी–त्रिशुली सडकखण्ड अवरुद्ध पारेका छन् ।
सडक अवरुद्ध हुँदा त्रिशुली–गल्छी सडकखण्ड पुर्ण रुपमा ठप्प भएको भने भने यातायातका साधनहरु गगटे–छहरे–टोखा सडकबाट गुडिरहेका छन् ।
हिजो साँझ आईचरको ठक्करबाट गम्भीर घाइते भएका अर्का एक जनालाई उपचारका लागि काठमाडौं लागिएको छ । महादेवफाँटस्थित बा २० च ९४४२ नम्बरको कार सडक छेउमा रोकेर त्यसबाट ओर्लन लागेका दुई जनालाई आईचरले ठक्कर दिएको थियो । ।
आईचरको ठक्करबाट बेलकोटगढी नगरपालिका वडा नम्बर ७ का ५५ वर्षीय कुँवरको घटनास्थलमै मृत्यु भएको थियो भने ४८ वर्षीय राजेन्द्र राई गम्भीर घाइते भएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले बताए । उनको अवस्था गम्भीर रहेको छ ।
घटनापछि बेलकोटगढी–५ केउरिनी भन्ने स्थानबाट आइचरलाई नियन्त्रणमा लिएर स्थानियलेआगो लगाइदिएका छन ।
अहिले गल्छी–रसुवागढी अन्तर्राष्ट्रिय राजमार्गको देवीघाट–गल्छी सडकखण्ड पूर्णरूपमा ठप्प छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ
बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते





प्रतिक्रिया