नुवाकोटमा आइचरको ठक्करबाट एकजनाको मृत्यु

नुवाकोटको बेलकोगढी नगरपालिका वडा नम्बर ७ महादेवफाँटमा आईचरले पदैल यात्रुलाई ठक्कर दिँदा एक जना पैदल यात्रुको घटनास्थलमा नै मृत्यु भएको छ ।
मृत्यु हुनेमा बेलकोगढी नगरपालिका वडा नम्बर ७ महादेवाफाँटका विरेन्द्र कुवर रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । नुवाकोटबाट गल्छीतर्फ जाँन लागेको बा ३ ख १६४ नम्बरको आइचरले बाटो हिँडिरहेका कुवर र राईलाई ठक्कर दिएको स्थानियले बताएका छन् ।
दुर्घटनामा अर्का पैदल यात्री नुवाकोटको बेलकोटगढी नगराापालिका वडा नम्बर ७ कै राजेन्द्र राई गम्भीर घाइते भएका छन् । उनको स्थानिय अस्पतालमा सामान्य उपचार गरेपछि काठमाण्डौको बि एन्ड बि अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ । उनको अवस्था जटिल रहेको प्रहरीले बताएको छ ।
दुर्घटनापछि स्थानियले आईचर तोडफोड गरेर आगजनी गरेका छन् भने दोषीलाई कारवाही र घाइते र मृतकका आफन्तलाई क्षतिपुर्तीको माग गर्दै प्रर्दशन गरिरहेका छन् ।
प्रहरीले चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको बताएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाेटमा एमालेका उम्मेदवार तोकिए
हर्क साम्पाङले दिए मेयर पदबाट राजीनामा
वामदेव समूह आक्रोशित, नेकपाका १२ केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामा
बागमतीमा एमालेले टुंग्यायो २८ उम्मेदवार
बालेन अब रास्वपाकाे वरिष्ठ नेता,गरे पदभार ग्रहण





प्रतिक्रिया