समस्याको पोको खोल्न विदुरका मेयर राजन श्रेष्ठ हेटौडामा
नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ समस्याको पोको लिएर हेटौडा गएका छन् ।
बाग्मति प्रदेशको राजधानी समेत रहेको हेटौडामा समस्याको पोको लिएर गएका मेयर श्रेष्ठले राखेका समस्याहरुलाई बागमती प्रदेश सरकारले समाधान गर्न चासो समेत देखाएको छ ।
समस्याको पोको लिएर मंगलबार प्रदेशको राजधानी हेटौँडा पुगेका श्रेष्ठलाई बाग्मति प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे, आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमरकट्टेल र भौतिक पुर्वाधार विकासमन्त्री कृष्णलाल भडेल समस्याको समाधानको लागि प्रतिवद्धता जनाएका छन् ।
भेटघाटको क्रममा मन्त्रिहरुलाई मेयर श्रेष्ठले विदुर नगरभित्रको विविध समस्याहरुको वारेमा अवगत गराएका थिए ।
मेयर श्रेष्ठले गल्छी–रसुवागढी सडक अन्तर्गत पिपलटार ढुँगे सडक खण्ड, देविघाट र नुवाकोट दरबार क्षेत्रको गुरुयोजना कार्यान्वयन, पर्यटन प्रबद्र्धनात्मक कार्यक्रम, अटो भिलेज निर्माण, वातावरणीय सुधार, बाढीपीडितहरुलाइ क्षतिपूर्ति र राहत लगायत समस्या समाधानका विषयमा मुख्यमन्त्री समक्ष मागपत्र हस्तान्तरण गरेका छन् ।
सो क्रममा मुख्यमन्त्री पाण्डेले ति समस्याहरु समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको मेयर श्रेष्ठले बताए ।
भेटमा मुख्यमन्त्री पाण्डेले गल्छी रसुवागढी सडक अन्तर्गत पिपलटार ढुँगे सडक खण्डको मुवाब्जा वितरण र सडक निर्माणमा देखिएको समस्या समाधानमा गम्भीरतापूर्वक लाग्ने प्रतिबद्धता जनाएका छन । साथै देविघाटको संस्कृत माविलाई आवासीय रुपमा संचालन गर्ने प्रदेश सरकारको योजना रहेको बताए ।
यस्तै देविघाट र नुवाकोट दरबार क्षेत्रको गुरुयोजना कार्यान्वयन र घुमफिर वर्ष अन्तर्गत दुवै क्षेत्रलाई समावेश गर्न सम्बन्धित निकायलाइ निर्देशन दिनुका साथै विदुरको सिल्टयान्कमा जलबिहारको लागि प्रदेश सरकारले सहयोग गर्ने मुख्यमन्त्री पाण्डेले प्रतिबद्धता व्यक्त गरेको मेयर श्रेष्ठले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













एमालेमा नेतृत्वका लागि मतदान हुँदै
शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते





प्रतिक्रिया