नुवाकोटमा एकिकृत समाजवादीबाट क्षेत्र नं १ मा लोहनी र २ मा कडेलको नाम सिफारिस

विदुर खबर २०७९ भदौ २७ गते ८:५६

नुवाकोट । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) ले नुवाकोट क्षेत्र १ का लागि राजेन्द्रप्रकाश लोहनी र क्षेत्र नम्बर २ को लागि सुर्य कडेलको नाम सिफारिस गरेको छ ।

Advertisement

एकिकृत समाजवादी नुवाकोटको सचिवालय बैठकले लोहनीलाई सर्वसम्मत सिफारिस गरेको हो । एकिकृत समाजवादी नुवाकोटको प्रचार विभागका अनुसार लोहनीलाई सर्वसम्मत रुपमा प्रत्यक्षमा सिफारिस गरिएको हो ।

लोहनी एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं नुवाकोटका इन्चार्ज हुन् । लोहनी २०५६ को आमनिर्वाचनमा नुवाकोट क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा एमालेबाट विजयी भएका थिए ।

Advertisement

यस्तै क्षेत्र नम्बर १ को समानुपातिकतर्फ श्रीकृष्ण खतिवडा र जितवहादुर वलामीको नाम सिफारिस गरिएको छ ।

त्यस्तै प्रदेश १ (क)  को प्रत्यक्षतर्फ केपि लामिछाने, बालकृष्ण आचार्य, राजेश थापा, राम थापा, अर्जुन श्रेष्ठ लाई सिफारिस गरेको छ । प्रदेश (ख) तर्फ अच्युत पाण्डे, हरि गिरि, राममणी अधिकारी, शिवकुमार लामा, रामशरण भण्डारी र जगदीश पाठकको नाम सिफारिस गरिएको छ ।

Advertisement

यस्तै क्षेत्र नम्बर १ को प्रदेश (क) समानुपातिक तर्फ सिताराम थापा, अन्जु तामाङ्ग, सानुमाया तामाङ्गको नाम सिफारिस गरिएको छ भने प्रदेश (ख) मा शान्ता थापा अधिकारी, नारायण गुरुङ , शिव कुमार लामा, राजेन्द्र सुनार, हरि तामाङ्गको नाम सिफारिस गरिएको छ ।

त्यस्तै क्षेत्र नम्बर २ को समानुपातिकतर्फ गोबिन्द नेपाली, रामकुमार बस्नेत, धनकुमारी रिजाल र सुब्बा तामाङ्गको  नाम पठाइएको छ ।

यस्तै क्षेत्र नम्बर २ को (क) प्रदेशमा राजु सडौला, सज्जन श्रेष्ठ, डा.शंकर खतिवडा, र प्रदेश (ख) तर्फ यमकुमार खाती र रामप्रसाद रिमाललाई सिफारिस गरिएको सचिवालयले जनाएको छ ।

यस्तै क्षेत्र २ को प्रदेश (क) को समानुपातिकतर्फ उत्तम श्रेष्ठ, उपेन्द्र खनाल, नारायण नेपाल, सुजना खतिवडाको नाम पठाइएको छ भने प्रदेश (ख) मा राममणी अधिकारी, पाल्तेन तामाङको ना सिफारिस गरिएको छ ।

 

प्रतिक्रिया