महिला र पुरुषका लागि चुनाैती बराबर छ : बाेगटी

विदुर खबर २०७९ भदौ २६ गते २०:५०

नुवाकोट । बिदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीले पुरुष र महिलाका लागि चुनौतीको मैदान बराबर हुने गरेको बताइएकी छिन् ।

Advertisement

कान्तिपुर कन्क्लेभको दोस्रो दिन ‘नेतृत्वमा महिला, अब पहिला’ कार्यक्रममा बोल्दै बोगटीले चुनावी मैदान फरक हुनुपर्छ भन्ने मान्यता पनि नराख्ने बताइन् ।

‘चुनावी मैदान पुरुष र महिलाका लागि एकै हुने गरेको छ’ बोगटीले भनिन्, ‘पुरुष र महिलाबीच चुनावी मैदान फरक हुनुपर्छ भन्न पनि लाग्दैन ।’

Advertisement

चुनाव प्रक्रिया पार गर्दैगर्दा सिफारिसको प्रारम्भिक चरण होस् वा फिल्डमा जाने समयमा आर्थिक स्रोत पुरुषभन्दा महिलामा कम हुने गरेको उनले बताइन् ।

 

Advertisement

प्रतिक्रिया