विदुर खानेपानीको मतगणना : सबै पदमा एमालेको अग्रता

नुवाकोट । विदुर खानेपानी सरसफाई तथा उपभोक्ता समितिको निर्वाचनको अहिले मत गणना जारी छ ।
हालसम्म ६ सय ४५ मत गणना हुँदा एमालेका संजीव श्रेष्ठले ४ सय ४ मत प्राप्त गरेका छन भने गठबन्धनका साझा उम्मेद्धवार कांग्रेसका छत्रराज डंगोलले २ सय १० मत ल्याएका छन् । श्रेष्ठ र डंगोलविचको मतान्तर एकसय ९४ पुगेको छ ।
उपाध्यक्षमा राप्रपाका महेश कुमार डंगोलले २ सय ८४ मत प्राप्त गर्दा गठबन्धनका उम्मेद्धवार नमराज न्यौपानेले २ सय ६३ मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा स्वतन्त्र उम्मेद्धवारी दिएका मुरारी नेपालले ५७ मत ल्याएका छन् ।
सचिवमा एमालेकै राजेन्द्र पाण्डेले ४ सय ७ मत ल्याएर अग्रता लिएका छन् भने गठबन्धनको तर्फबाट समाजवादीका नरेन्द्र वहादुर पाण्डेले एकसय ५७ मत पाएका छन् ।
कोषाध्यक्षमा एमालेकै अम्बिका चित्रकारले ३ सय ४८ मत प्राप्त गर्दा गठबन्धनको उम्मेद्धवार रविता भट्टले २ सय ४२ मत प्राप्त गरेकी छिन् ।
महिला सदस्यमा एमालेकी विष्णुमाया डंगोलले ३ सय ७३ र सिता अधिकारीले ३ सय ७३ मत प्राप्त गर्दा गठबन्धनका शुशिला पौडेलले २१८ र शान्ति श्रेष्ठ २२३ मत पाएका छन् ।
यस्तै सदस्यमा एमालेका दिपक तिम्सीनाले ३ सय ३९, कृष्ण प्रसाद भट्ट ३ सय १९ र लवप्रसाद न्यौपानेले ३ सय १८ मत प्राप्त गरेका छन् ।
यस्तै गठबन्धनको तर्फबाट रामजी भट्टले २ सय ६२, राजेन्द्र सापकोटाले २ सय ३० र पदमकान्त न्यौपानेले एकसय ९५ मत प्राीत गरेका छन् ।
सदस्यमा स्वतन्त्र उम्मेद्धवारी दिएका विमल खड्काले ३२ मत ल्याएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
विदुर खानेपानीको नेतृत्व हत्याउन निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीले गठबन्धन गरेका छन् भने एमाले र राप्रपाले समेत तालमेल गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













छैटौँ देउराली अर्चले कपकाे उपाधी न्यु भिजनले उचाल्यो
आजदेखि नेपाल संवत् ११४६ सुरु
रसुवागढी नाकाको पुल पुननिर्माण अन्तिम चरणमा
ककनीको जलकुनीमा आगलागी हुँदा दुई घर जलेर नष्ट
आज तिहारको तेस्रो दिन लक्ष्मीपूजा गरिँदै





प्रतिक्रिया