विदुर खानेपानी उपभोक्ता समितिमा नयाँ नेतृत्व चयनको मतदान हुँदै
नुवाकोट । विदुर खानेपानी तथा सरसफाई उपधोक्ता समितिमा नयाँ नेतृत्व चयन गर्न मतदान शुरु भएको छ ।
विदुरको ईलम प्रशिक्षण केन्द्रमा विहान ७ बजेबाट मतदान शुरु भएको हो । अधिवेशनले अध्यक्ष उपाध्यक्षसहित ९ सदस्यीय कार्यसमिति निर्वाचन गर्नेछ ।
अधिवेशनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीले गठबन्धन गरेका छन भने नेकपा एमाले र राप्रपाले सामुहिक उम्मेद्धवारी दिएका छन् ।
गठबन्धनबाट कांग्रेसको तर्फबाट छत्रवहादुर डंगोलले अध्यक्षमा उम्मेद्धवारी दिएका छन् भने एमालेको तर्फबाट संजीव श्रेष्ठ मैदानमा उत्रिएका छन् ।
यस्तै उपाध्यक्षमा मुरारी नेपाल र सदस्यमा विमल खड्काले स्वतन्त्र उम्मेद्धवारी दिएका छन् । झण्डै ४ हजार उपभोक्ता रहेको खानेपानी समितिमा ३ हजार एकसय ४१ मतदाता रहेका छन् ।
विदुर नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६ र ९ मा खानेपानी वितरण गरिरहेको विदर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अधिवेशनलाई राजनितिक दलले प्रतिष्ठाको विषय बनाएका छन् ।
यसअघि २०७५ सालमा सम्पन्न भएको खानेपानी समितिको अधिवेशनमा नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको तत्कालिन नेकपा प्यानल नै विजयी भएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया