बेलकोटगढीको पन्चासे माविमा निशुल्क आँखा शिविर सम्पन्न

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ४ मा रहेको पन्चासे माध्यामिक विद्यालयमा निशुल्क आँखा परिक्षण शिविर सम्पन्न भएको छ ।
स्थानिय बालक सरगम तामाङको एक जन्मदिनको अवसर पारेर दृष्टि आँखा केन्द्र बट्टारको प्राविधिक सहयोगमा आँखा परिक्षण कार्यक्रम आयोजना गरिएको हो ।
आँखा परिक्षण शिविरको बेलकोगढी नगरपालिकाका मेयर जगत गुरुङले उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै मेयर गुरुङले नगरपालिका भित्र रहेका बृद्धवृद्धाको आँखा परिक्षण गर्न यस्ता किसिमको शिविरले महत्वपुर्ण भुमिका खेल्ने बताए ।
शिविरमा २ सय विद्यार्थी र एकसय ६० जना सर्वसाधारणको निशुलक आँखा जाँच गरिएको दृष्टि आँखा केन्द्र बट्टारका डा.राजेश कुमार चौरासियाले जानकारी दिए । आँखा परिक्षण गरिएकामध्ये केहीमा सामान्य र केहीमा गम्भीर किसिमको समस्या देखिएको उनले बताए ।
आँखा परिक्षण गर्दा सामान्य समस्या देखिएकाहरुलाई निशुल्क औषधी समेत वितरण गरिएको थियो ।
दृष्टि आँखा केन्द्र बट्टारले नुवाकोटको विभिन्न स्थानमा पुगेर आँखा परिक्षण तथा निशुल्क चस्मा वितरण गरिरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया