नुवाकोट क्षेत्र नम्बर १ मा एमालेबाट मैनालीको नाम सर्वसम्मत
विदुर खबर
२०७९ भदौ १९ गते २२:११

नुवाकोट । नुवाकोट क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ एमालेबाट बद्री मैनालीको नाम सर्वसम्मत रुपमा सिफारिस भएको छ ।
नेकपा एमाले नुवाकाेटकाे अध्यक्ष समेत रहेका मैनालीकाे नाम आइतबार बसेकाे क्षेत्रीय कमिटी बैठकले सिफारिस गरेकाे हाे । साेही बैठकले समानुपातिकमा विन्दा ढुंगाना र गाेकर्णराज पाठककाे नाम सिफारिस गरेकाे छ ।
साे बैठक अघि भएकाे प्रदेशसभा `क´ काे बैठकले प्रदेश कमिटीका सदस्य बलराम आचार्यसहित ८ जनाकाे नाम प्रदेशसभाका लागि सिफारिस गरेकाे छ ।
Advertisement
सिफारिस हुने अन्यमा बागमतीकै सदस्य मिलन लामा, जिल्ला कमिटीका उपसचिव निलकण्ठ आचार्य, जिल्ला कमिटी सदस्य मनोज उप्रेती, स्थानीय चुनावअघि सुनबहादुरसहित कांग्रेसबाट एमाले प्रवेश गरेका सुशील खड्का, राजकुमार पण्डित, केदार थापा र गणेश पाण्डे रहेका छन ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया