विदुर खानेपानीको अधिवेशनमा नेपाल र खड्काको स्वतन्त्र उम्मेद्धवारी
नुवाकोट । विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था लिमिटेडको आठौ अधिवेशनका लागि दुई युवाहरुले दलिय सिन्डीकेट तोड्दै स्वतन्त्र उम्मेद्धवारी दिएका छन् ।
दलिय सिन्डीकेटविरुद्ध बट्टारका मुरारी नेपालले उपाध्यक्षमा र माझीटारका विमल खड्काले सदस्यमा स्वतन्त्र उम्मेद्धवारी दिएका हुन् ।
उनीहरुले दलहरुको सिन्डीकेटको अन्त्य गर्न, खानेपानी उपभोक्ता समितिलाई राजनितिक मुक्त बनाउन, विदुर खानेपानी उपभोक्ता समितिले वितरण गरेको पानी पिउन योग्य बनाउन र समितिभित्र रहेको भष्ट्राचार अन्त्य गर्न आफुहरुले स्वतन्त्र उम्मद्धेवारी दिएको बताएका छन् ।
उपाध्यक्षमा उम्मेद्धवारी दिएका नेपालले समग्र विदुरमा स्वच्छ र स्वास्थ्यकर पानी पिउनयोग्य बनाउन आफुले उम्मेद्धवारी दिएको बताए ।
उनले दलहरुको राजनितिक अखडाको रुपमा खानेपानी उपभोत्ता समिति परिचिति रहेकोले त्यसको जालो तोड्न आफु मैदानमा उत्रिएको बताए ।
उनले आफुलाई उपभोक्ताले भारी मतले विजय गराउने समेत विश्वास व्यक्त गरेका छन् ।
विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था लिमिटेडको आठौ अधिवेशनले सोमवार हुँदैछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाेटकाे तारकेश्वरका जनप्रतिनिधि र कर्मचारीले आफ्ना बच्चा सामुदायिक विद्यालयमै पढाउनुपर्ने
देशका धेरै जिल्लामा ‘लु’ को चेतावनी, गर्मी अझै बढ्ने
प्रदेशस्तरीय चुनावी समीक्षा गर्दै राप्रपा
इन्धन खर्च दोब्बर : सरकारको बिदा नीति असफलतिर
गृहमन्त्रीले राजीनामा दिँदा राम्रो हुन्छ : हर्क साम्पाङ





प्रतिक्रिया