त्रिशूली सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूलाई ल्यापटप वितरण

विदुर खबर २०७९ भदौ १७ गते २१:२९

नुवाकोट ।  नुवाकोटको त्रिशूलीमा रहेको सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूलाई ल्यापटप वितरण गरिएको छ।

Advertisement

विद्यार्थीलाई प्रभावकारी शिक्षा प्रदान गर्नुका साथै शिक्षकको पेशागत विकासका लागि शुक्रबार विभिन्न विषय अध्यापन गराइरहेका शिक्षकहरूलाई ल्यापटप वितरण गरिएको प्रधानाध्यापक महेन्द्र रावतले जानकारी दिए।

विद्यार्थी तथा शिक्षकहरूको सिकाइ तथा क्षमता अभिवृद्धि कार्यक्रमअन्तर्गत विद्यालयका ६ जना शिक्षकहरूलाई ल्यापटप वितरण गरिएको हो। विद्यालयमा आयोजित कार्यक्रममा विदुर नगरपालिका मेयर राजन श्रेष्ठले शिक्षकहरुलाई सो ल्यापटप हस्तान्तरण गरे।

Advertisement

उनले विद्यार्थीहरूलाई आधुनिक शिक्षा प्रदान गर्न प्रविधिले सरल बनारउने बताए। प्रतिथान ६५ हजार रुपैयाँ पर्ने ल्यापटपमध्ये पाँच थान विद्यालय र एक थान प्रभु बैंक बट्टारले प्रदान गरेको हो।

बैंकले आधुनिक शिक्षाको आत्मसात गर्दै सामाजिक उत्तरदायित्वको भावनाले ल्यापटप प्रदान गरिएको प्रभु बैंक बट्टारका प्रमुख सूर्यकान्त न्यौपानेले जानकारी दिए।

Advertisement

प्रविधि हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविन्द्रमान प्रधान, पूर्वअध्यक्ष उपेन्द्र बुढाथोकी, सदस्य विराज तामाङ, प्रधानाध्यापक महेन्द्र रावत लगायतले आधुनिक प्रविधिले विद्यार्थीहरूलाई पठनपाठन तथा अन्य कार्य गर्न शिक्षकहरुलाई सुविधा पुगेको वताए।

हालसम्म सो कार्यक्रमबाट सो विद्यालयका २० जना शिक्षकहरूलाई ल्यापटप वितरण गरिसकिएको विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्र दवाडीले जानकारी दिए। आगामी वर्ष पनि ल्यापटप वितरण कार्य गरिने उनको भनाइ छ।

 

प्रतिक्रिया