विदुर खानेपानी उपभोक्ता समितिको अध्यक्षमा एमालेबाट श्रेष्ठको उम्मेद्धवारी घोषणा
नुवाकोट । नुवाकोटको सदरमुकाम विदुर र विदुर नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६ र ९ मा
खानेपानी वितरण गरिरहेको विदर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अधिवेशन भदौ २२ गते हने भएपछि राजनीतिक दलको सल्बलाहट शुरु भएको छ ।
भदौ २० गते उद्घाटन हुने र भदौ २२ गते मतदान हने संस्थाको नवौँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनले नेतृत्वसमेत चयन हने भएकाले राजनीतिक दलहरू शक्ति परीक्षण गर्न आतर देखिन्छन् ।
अधिवेशनमा संस्थाका बहालवाला उपाध्यक्ष सञ्जीवबहादर श्रेष्ठले गत हप्ता अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेपछि चनावी सरगर्मी बढेको हो । नेकपा एमालेको तर्फबाट अध्यक्षमा उम्मेदवारी घोषणा गरेका श्रेष्ठलाई रापपा, नेपाल परिवार दलले समर्थन गर्ने भएका छन् ।
गत सातौँ अधिवेशनमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेको गठबन्धन हँदा नौ सदस्यीय कार्यसमिति, गठबन्धन दलका उम्मेदवारले जितेको थियो । सातौँ अधिवेशनमा बहालवाला अध्यक्ष नारायणबहादर खनालले नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेर जितेका थिए ।
खनालले निरन्तर योसहित तीन कार्यकाल अध्यक्ष भएर काम गरिसकेका छन् । संस्थाको विधानअनसार कार्यसमितिको अध्यक्ष, पदाधिकारी र सदस्यमा उम्मेदवारी बन्न तीन वर्ष सदस्य रहेको हुनुपर्ने प्रावधान रहेको छ ।
संस्थाको निर्वाचित कार्यसमितिको तीनवर्षे कार्यकाल रहेको छ । संस्थामा अहिलेसम्म पूर्वमेयर ठाकर प्रसाद गजुरेलले तदर्थ समिति ०५३ देखि ०६० सम्म अध्यक्ष, त्यसपछि मोहनबहादर खड्का, ओमप्रकाश श्रेष्ठ, राजेन्द अर्याल एक–एक कार्यकाल अध्यक्ष भइसकेका छन् ।
खानेपानीको निर्वाचनका लागि बुधबारसम्म नेपाली कांग्रेसले अध्यक्षलगायत पदाधिकारी र सदस्यको टुङ्गो लगाउन सकेको छैन । कांग्रेसको तर्फबाट अध्यक्षमा बदीप्र साद त्रिपाठी र छत्रबहादुर डंगोलको चर्चा चलेको छ ।
कांग्रेसले सत्तागठबन्धनका दलहरु नेकपा माओवादी केन्द, नेकपा एकीकृत समाजवादीसहितको टिम बनाउन लागेको नेपाली कांग्रेस विदुर नगर कार्यसमितिले जनाएको छ । माओवादी र समाजवादी भने कांग्रेसले गठबन्धनको मर्मअनुसार च्वाडी पब्लिक माविको व्यवस्थापन समिति गठनमा सम्मानजनक व्यवहार नगरेको कारण बिच्किएका छन् । तर काग्रेसले छलफल भने जारी राखेको छ ।
माओवादी केन्द्र, समाजवादी र भर्खरै गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीसमेत छट्टाछुट्टै टिम बनाउने तयारीमा जटिरहेका छन् । संस्थामा एमाले र कांग्रेसविच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।
संस्थामा उपाध्यक्ष भएदेखि नै सञ्जीवबहादुर श्रेष्ठले उपभोक्ताको घरघरमा गएर समस्या पहिचान गर्ने र समाधान गर्दै आइरहेका छन् । श्रेष्ठ उपभोक्ताबीच लोकपिय पात्र समेत हुन् ।
त्रिशुली प्रवाहबाट ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













वामदेव गौतम नेतृत्वको पार्टी खारेज
न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ
बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु





प्रतिक्रिया