नुवाकोट क्षेत्र नम्बर १ माओवादी, क्षेत्र नम्बर २ कांग्रेसलाई

नुवाकोट । सत्तारुढ कांग्रेस र माओवादी केन्द्रबीच ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नुवाकोटमा प्रतिनिधिसभाका दुईमध्ये एक/एक क्षेत्र लिने सहमति भएको छ ।
सिट बॅाडफॅाटका लागि गठित कार्यदलमा त्यसबारे करिब सहमति भएको कार्यदलका एक सदस्यले जानकारी दिए । उनका अनुसार क्षेत्र नम्बर-१ माओवादी र २ कॅाग्रेसले लिने करिब सहमति भएको छ ।
०७४ को निर्वाचनमा क्षेत्र नम्बर-१ मा माओवादीका हितबहादुर तामागं र २ मा एमालेका नारायणप्रसाद खतिवडा निर्वाचित भएका थिए । माओवादीबाट पुनः हितबहादुर उम्मेदवार बन्ने करिब पक्काजस्तै छ ।
क्षेत्र २ बाट कॅाग्रेस नेता अर्जुननरसिंह केसीको दाबी छ । ०४८ सालदेखि सोही क्षेत्रबाट चुनाव लड्दै आएका केसी अघिल्लो निर्वाचनमा बाम गठबन्धनका कारण एमालेका खतिवजासॅग पराजित भएका थिए ।
नुवाकोट क्षेत्र नम्बर १ मा कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतल दाबी गरिरहेका छन् । माओवादीका हित वहादुर तामाङलाई समानुपातिकतर्फ वस्न लगाएर डा. महत क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारी गरिरहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया