नुवाकोटमा १२ वर्षमुनिका बालबालिकालाई कोभिडविरुद्धको खोप लगाउन शुरू

नुवाकोट । नुवाकोटमा कोभिड–१९ विरुद्धको खोप बालबालिकाको लागि आइतबारबाट लगाउन शुरू गरिएको छ ।
१२ वर्ष भन्दा कम र पाँच वर्षभन्दा माथि उमेरका लागि नेपालमा खोप लगाउन तीन महिलना अघि नै शुरू भए पनि नुवाकोट पहिलो चरणमा नपरेको कारण अहिले उक्त उमेर समूहका बालबालिकाको लागि भदौ ५ देखि लगाउन लागिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
पाँच वर्षदेखि १२ वर्षसम्मका बालबालिकाको लागि कोरोना विरुद्धको खोप लगाउन थालिने भएको छ । देशका केही जिल्लामा पहिलो चरणमा यो उमेर समूहका बालबालिकालाई खोप लगाइसकिएको छ ।
नुवाकोट दोस्रो चरणको जिल्लाहरूमा परेकोले केही ढिला भएको होु स्वास्थ्य कार्यालयका प्रमुख महेन्द्रध्वज अधिकारीले भने ुहामी ५(१२ उमेर समूहको बालबालिकाको तथ्यांक संकलन गरी आवश्यक खोप ल्याउने, स्वास्थ्यकर्मीलाई तालिम लयायत काम सकेर खोप अभियान सञ्चालन गरेका हौ।
बालबालिकाको लागि नुवाकोटमा फाइजरको खोप लगाउन लागिएको हो । खोप अभियान स्वास्थ्य संस्था र विद्यालयहरूमा सञ्चालन गर्न लागिएको छ ।
खोप लगाउन आउँदा उमेर खुल्ने कागजात ल्याउन आग्रह गरिएको छ। यस्तै, कोभिड(१९ संक्रमित भएको रहेछ भने संक्रमणको एक महिना पुरा भएको हुनु पर्ने पनि बताइएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया