एसिया कप छनोट : फाइनलमा स्थान बनाउन नेपालले अरुको भर पर्नु पर्ने

विदुर खबर २०७५ भदौ १८ गते १:५५

नेपालले मलेसियामा जारी एसीसी एसिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत फाइनलमा स्थान बनाउन अरुको भर पर्नु पर्ने भएको छ ।

Advertisement

शुरुवाती दुई खेल ओमान र युएईसँग पराजित भएको नेपालले लगातार दुई खेल जितेको छ । यी दुई जितले नेपालको लागि फाइनल पु¥याउने संभावना बनेको हो । तेस्रो खेलमा मलेसियालाई १९ रनले पराजित गरेको नेपालले आइतबार सिंगापुरलाई ४ विकेट हरायो । योसँगै नेपाल ४ खेलमा ४ अंक जोड्दै अंकतालिकामा चौथो स्थानमा रहेको छ ।

Advertisement

हिजै अन्य खेलमा युएईले मलेसियालाई हराएर ६ अंक जोडिसकेको छ । ओमान र हङकङबीचको खेल वर्षाको कारण पुन सुचारु हुन नसकेपछि दुबै टोलीले एक–एक अंक जोडे । ओमान ७ अंकसहित शीर्ष स्थानमै अडिग रह्यो भने हङकङ ५ अंकसहित तेस्रो स्थानमा रहेको छ । नेपालको लागि मंगलबार हुने खेल जित्नै पर्ने त्यो पनि फराकिलो जित ।

नेपालले अन्तिम खेलमा हङकङलाई हराएमा ६ अंक हुनेछ । यतिले मात्रै पनि नेपाललाई फाइनलमा प्रवेश गराउँदैन । नेपालले अन्य खेलको नतिजा पनि कुर्नु पर्ने हुन्छ । अर्को खेलमा युएई र ओमानबीचको खेलको नतिजा नेपालको लागि ज्यादै महत्वपूर्ण हुनेछ ।

Advertisement

ओमान जितेमा युएई ६ अंकमै रोकिनेछ र नेपालको पनि ६ अंक हुने अवस्थामा नेट रनरेटमा भाग्य निर्धारण हुनेछ । यदि युएई वा हङकङ जितेमा नेपालको लागि एसिया कप छनोटको फाइनल पुग्ने आसा समाप्त हुनेछ ।

नेपाललाई बलरले जितायो
नेपालले बांगीमा भएको खेलमा सिंगापुरलाई ४ विकेटले हराउँदा बलरले महत्वपूर्ण भुमिका खेलेका थिए । सिंगापुरलाई ४२ ओभरमा अलआउट गरी १ सय ५१ रनमा रोक्नु नै नेपालको जित संभव भयो । नेपालले १ सय ५२ रनको लक्ष्य भेटाउन ६ विकेट गुमाएर ब्याटिङ अझै नसुध्रेको संकेत गरेको थियो । नेपालको ब्याटिङमा अनिल साहले ४३ रन, दिपेन्द्रसिंह ऐरीले ३३ रन र ज्ञानेन्द्र मल्लले २९ रनको योगदान दिए ।

नेपाली बलरमा प्रतियोगितामा पहिलो पटक टोलीमा सहभागिता गराएकोमै ललित राजवंशीले उत्कृष्ट बलिङ गरे । उनले ३ विकेट लिन ९ ओभरमा २७ रन खर्चेका थिए । उनी म्यान अफ द म्याच घोषित भएका थिए । त्यस्तै सन्दीप लामिछानेले १० ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए भने सोमपाल कामीले २ विकेट हात पारेका थिए ।

प्रतिक्रिया