वाईसीएललाई सक्रिय हुन मा‌ओवादी अध्यक्ष प्रचण्डको निर्देशन

विदुर खबर २०७९ भदौ ३ गते १८:४०

नुवाकोट ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पहिलो संविधानसभा चुनावमा जस्तो सक्रियतापूर्वक परिचालन हुन योङ कम्युनिष्ट लिग (वाईसीएल)लाई निर्देशन दिएका छन् ।

Advertisement

वाईसीएलको राष्ट्रिय भेलालाई उद्घाटन गर्दै अध्यक्ष दाहालले चुनाव विजय गराउने अविचलित अभियान सञ्चालन गर्न निर्देशन दिएका हुन् ।

विस्तृत शान्ति सम्झौतापछि जनआन्दोलन र जनयुद्धको बलमा जुन शक्ति प्राप्त भयो । पहिलो संविधानसभा निर्वाचनलाई सफल बनाउने र क्रान्तिकारी शक्तिलाई देशलाई प्रमुख शक्तिको रूपमा स्थापित गर्ने काममा पनि वाईसीएलको भूमिका निकै महत्त्वपूर्ण करिब-करिब निर्णायक भयो,’दाहालले भने ‘पछिल्लो समयमा संविधानको सकारात्मक विषयहरु मेटिने त होइन, निरंकुशतातर्फ धकेलिने त होइन भन्ने वाईसीएल नेपाल र तपाईं युवाहरूले भूमिका कसरी निर्णायक हुनुपर्छ ।

Advertisement

चाहे सडकमा होस् वा चुनावमा होस् तपाईंहरूको भूमिका निर्णायक हुनुपर्छ । क्रान्ति, समाजवादी शक्तिलाई विजयी बनाउन एउटा अविचलित अभियान साथ हुने छ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु ।’

पहिलो संविधानसभा चुनावमा माओवादी पहिलो शक्ति बनेको थियो । तर अन्य राजनीतिक दलहरुले भने वाईसीएल लगाएर जबरजस्ती गरेको आरोप लगाउँदै आएका छन् । ‘प्रतिक्रियावादी जाली फटाहाहरुबाट जनतालाई सुरक्षित गराउने वाईसीएल नेपालको भूमिका दुरगामी र महत्त्वपूर्ण रह्यो,’ दाहालले भने ।

Advertisement

कार्यक्रममा दाहालले देशभरका वामपन्थी दलहरुलाई एकतामा ल्याउन प्रयास भइरहेको बताएका छन् ।

प्रतिक्रिया