त्रिशुली अस्पतालमा कान्ति अस्पतालले दिने स्याटेलाइट सेवा सम्झौता नवीकरण
नुवाकोट । नुवाकोटको त्रिशुली अस्पतालमा कान्ति बाल अस्पतालको स्याटेलाइट क्लिनिक संचालन गर्नेबारे सम्झौता नवीकरण भएको छ। बिहिबार दुई अस्पतालले भाद्र १ देखि २०८० भदाैं मसान्तसम्मका लागि उक्त सम्झौता नवीकरण गरेका हुन् ।
त्रिशुली अस्पतालकातर्फबाट मेसु डा. दीपेन्द्र पाण्डे र कान्ति बाल अस्पतालका तर्फबाट निर्देशक डा. युवानिधी बस्यौलाले सझौतापत्रमा हस्ताक्षर गरेका छन्।
उक्त पत्रमा कान्ति बाल अस्पतालले स्याटेलाइट क्लिनिक संचालन गर्दा आवश्यक जनशक्तिको व्यवस्था आफ्नो संस्थाको नियमित सेवा प्रभावित नहुने गरी मिलाउनु पर्ने र त्रिशुली अस्पतालले कान्ति अस्पतालको स्याटेलाइट सेवा प्रभावित नहुने वातावरणको सृजना गरिदिनुपर्ने उल्लेख छ ।
संघीय तथा प्रादेशिक गरी १८ वटा अस्पतालले जिल्ला तथा त्यसभन्दा मूनिका आधारभूत तहका अस्पतालमा विशेषज्ञ सेवा दिनुपर्ने ‘स्याटेलाइट क्लिनिक सञ्चालन सम्बन्धी कार्यविधि सुरु भएसँगै त्रिशुली अस्पतालमा कान्ति बाल अस्पतालको सेवा उपलब्ध हुन थालेको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया