नुवाकोटको दुबै क्षेत्रमा कांग्रेसको दाबी
नुवाकोट । नुवाकोटको दुबै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले दाबी गरेको छ ।
२०७४ सालमा सम्पन्न भएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा दुई क्षेत्र र चार ओटै प्रदेशमा हार व्यहोरेको कांग्रेसले अहिले जिल्लाको दुबै क्षेत्रमा दाबी गरेको हो ।
निर्वाचनको लागि ५ दलले गठबन्धन गर्ने निर्णय गरेकोले कुन दलले कुन क्षेत्र पाउने भन्ने विषयमा कौतुहल्यता बढी रहेको समयमा जिल्लाको दुबै क्षेत्रमा कांग्रेसले दाबी गरेको हो ।
यस पाँच दलीय गठबन्धनले कसले कुन निर्वाचन क्षेत्र लिने भन्ने विषयमा सामान्य खाका तयार पारिसकेको छ । विगतको निर्वाचनको समक्षिा गर्दै गठबन्धनले २०७४ सालको निर्वाचनको परिणामलाई आधार मानेर गठबन्धन दलबीच भागवण्डा गर्ने तयारी गरेको छ ।
तर नुवाकोट क्षेत्र नं १ मा बजयी भएको माओवादीलाई सो क्षेत्र छाडेर ३ वटा प्रदेश लिनका लागि कांग्रेसले दबाब दिएको बुझिएको छ । नेपाली कांग्रेसका दुई बलिया हस्ती डा : प्रकाशशरण महत र अर्जुननरसिंह केसीको व्यवस्थापनका लागि कांग्रेसले सो प्रस्ताव गरेको स्रोतले बताएको छ ।
दुईक्षेत्र मध्ये केसी विगतमा निर्वाचन लडेको क्षेत्र नं २ र डा : महत आफना सहोदर दाज रामशरण महतले लडेको क्षेत्र नम्बर १ बाट निर्वाचन लड्ने मनसाय राखेपछि कांग्रेसले सो प्रस्ताव गरेको छ ।
तर कतिपयले डा ः महतले लड्ने आफ्नो आसय व्यक्त गरेकै भोलिपल्ट डा : रामशरण महतको फोटो राखेर उहाँको विकल्प छैन भनेर सामाजिक सञ्जालमा पोष्ट गरेपछि त्यसको नकारात्मक प्रतिक्रियाको बाढी नै लागेको थियो ।
डा : महत आफ निर्वाचन नलड्ने र सो क्षेत्र आफ्ना सहोदर भाईका लागि छाड्ने मनस्थितिमा रहेपनि कतिपयले दाजू महतलाई नै अघि सारेपछि नुवाकोट कांग्रेस फेरि दुर्घटनामा जानसक्ने आँकलन गरेका छन् ।
त्यसो त अर्का प्रभावशाली नेता अर्जुननरसिंह केसीले पनि डा : महत निर्वाचन नलडेको पक्षमा आफु पनि समानुपातिकमा बस्ने र भाई जगदीश्वरनरसिंह केसी वा केदारनरसिंह केसीलाई निर्वाचन लडाउने तयारीमा रहेका छन् ।
महत र केसीबीचको लडाईका कारण दुई पटक केन्द्रीय सदस्य भएका बहादुरसिंह लामाले पनि स्थान पाउने सम्भावना निकै कम देखिएको छ । तर लामालाई सहमतिकासाथ समानुपातिकमा रास्ने विषयमा महत र केसी दुवै पक्ष सकारात्मक रहेकोले यस पटक पनि सिंहको राजनीति जोगिने देखिएको छ ।
नुवाकोटको राजनीतिमा लामै संघर्ष गरेका धुव अधिकारीले भने यस पटक प्रदेशको टिकट आफलाई चाहिने भन्दै लविङ गरिरहेका छन् । अधिकारीलाई मेयर बनाउने बाचा गरेका नेताहरुले एकाएक विदुर नगरपालिकाको टिकट राजन श्रेष्ठलाई थमाएपछि अधिकारीको अबको माग प्रदेशमा पुगेको छ ।
यस्तै महेन्द्र थिङ, रमेश महत, गिता अमात्य पनि प्रदेश सदस्यको दावेदारका रुपमा उभिएका छन् ।
तर माओवादीले भने केन्द्रले बनाएको अवधारण अनुसार आफूहरुले एक क्षेत्र र दुई प्रदेश नछाड्ने बताएको छ । माओवादीले जिल्लामा कांग्रेसले नमाने एमालेसँग तालमेल गर्नेसम्मको रणनीतिमा लागेको छ । गत वैशाख ३० गते सम्पन्न भएको स्थानिय निर्वाचनमा नुवाकोटको किस्पाङ गाउँपालिकामा बनेको एमाले–माओवादी गठबन्धनले सबैको ध्यान तानेको थियो ।
कांग्रेसले नमानेका अवस्थामा माओवादीले जिल्लामा फेरि यहि गठबन्धनलाई निरन्तरता दिने धम्की कांग्रेसलाई दिनेछ ।
२०७४ सालमा सम्पन्न भएको निर्वाचनमा माओवादी केन्द्रले नुवाकोट क्षेत्र न १ र क्षेत्र १ प्रदेश (क) प्रदेश जितेको थियो भने क्षेत्र नं २ को ख प्रदेशमा जितेको थियो ।
माओवादीले ति तीनै ठाउँमा आफ्नो दावी नछाड्ने माओवादीको स्रोतले बताएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया