नुवाकोटको दुबै क्षेत्रमा कांग्रेसको दाबी

विदुर खबर २०७९ भदौ २ गते १३:१४

नुवाकोट । नुवाकोटको दुबै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले दाबी गरेको छ ।

Advertisement

२०७४ सालमा सम्पन्न भएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा दुई क्षेत्र र चार ओटै प्रदेशमा हार व्यहोरेको कांग्रेसले अहिले जिल्लाको दुबै क्षेत्रमा दाबी गरेको हो ।

निर्वाचनको लागि ५ दलले गठबन्धन गर्ने निर्णय गरेकोले कुन दलले कुन क्षेत्र पाउने भन्ने विषयमा कौतुहल्यता बढी रहेको समयमा जिल्लाको दुबै क्षेत्रमा कांग्रेसले दाबी गरेको हो ।

Advertisement

यस पाँच दलीय गठबन्धनले कसले कुन निर्वाचन क्षेत्र लिने भन्ने विषयमा सामान्य खाका तयार पारिसकेको छ । विगतको निर्वाचनको समक्षिा गर्दै गठबन्धनले २०७४ सालको निर्वाचनको परिणामलाई आधार मानेर गठबन्धन दलबीच भागवण्डा गर्ने तयारी गरेको छ ।

तर नुवाकोट क्षेत्र नं १ मा बजयी भएको माओवादीलाई सो क्षेत्र छाडेर ३ वटा प्रदेश लिनका लागि कांग्रेसले दबाब दिएको बुझिएको छ । नेपाली कांग्रेसका दुई बलिया हस्ती डा : प्रकाशशरण महत र अर्जुननरसिंह केसीको व्यवस्थापनका लागि कांग्रेसले सो प्रस्ताव गरेको स्रोतले बताएको छ ।

Advertisement

दुईक्षेत्र मध्ये केसी विगतमा निर्वाचन लडेको क्षेत्र नं २ र डा : महत आफना सहोदर दाज रामशरण महतले लडेको क्षेत्र नम्बर १ बाट निर्वाचन लड्ने मनसाय राखेपछि कांग्रेसले सो प्रस्ताव गरेको छ ।

तर कतिपयले डा ः महतले लड्ने आफ्नो आसय व्यक्त गरेकै भोलिपल्ट डा : रामशरण महतको फोटो राखेर उहाँको विकल्प छैन भनेर सामाजिक सञ्जालमा पोष्ट गरेपछि त्यसको नकारात्मक प्रतिक्रियाको बाढी नै लागेको थियो ।

डा : महत आफ निर्वाचन नलड्ने र सो क्षेत्र आफ्ना सहोदर भाईका लागि छाड्ने मनस्थितिमा रहेपनि कतिपयले दाजू महतलाई नै अघि सारेपछि नुवाकोट कांग्रेस फेरि दुर्घटनामा जानसक्ने आँकलन गरेका छन् ।

त्यसो त अर्का प्रभावशाली नेता अर्जुननरसिंह केसीले पनि डा : महत निर्वाचन नलडेको पक्षमा आफु पनि समानुपातिकमा बस्ने र भाई जगदीश्वरनरसिंह केसी वा केदारनरसिंह केसीलाई निर्वाचन लडाउने तयारीमा रहेका छन् ।

महत र केसीबीचको लडाईका कारण दुई पटक केन्द्रीय सदस्य भएका बहादुरसिंह लामाले पनि स्थान पाउने सम्भावना निकै कम देखिएको छ । तर लामालाई सहमतिकासाथ समानुपातिकमा रास्ने विषयमा महत र केसी दुवै पक्ष सकारात्मक रहेकोले यस पटक पनि सिंहको राजनीति जोगिने देखिएको छ ।

नुवाकोटको राजनीतिमा लामै संघर्ष गरेका धुव अधिकारीले भने यस पटक प्रदेशको टिकट आफलाई चाहिने भन्दै लविङ गरिरहेका छन् । अधिकारीलाई मेयर बनाउने बाचा गरेका नेताहरुले एकाएक विदुर नगरपालिकाको टिकट राजन श्रेष्ठलाई थमाएपछि अधिकारीको अबको माग प्रदेशमा पुगेको छ ।

यस्तै महेन्द्र थिङ, रमेश महत, गिता अमात्य पनि प्रदेश सदस्यको दावेदारका रुपमा उभिएका छन् ।

तर माओवादीले भने केन्द्रले बनाएको अवधारण अनुसार आफूहरुले एक क्षेत्र र दुई प्रदेश नछाड्ने बताएको छ । माओवादीले जिल्लामा कांग्रेसले नमाने एमालेसँग तालमेल गर्नेसम्मको रणनीतिमा लागेको छ । गत वैशाख ३० गते सम्पन्न भएको स्थानिय निर्वाचनमा नुवाकोटको किस्पाङ गाउँपालिकामा बनेको एमाले–माओवादी गठबन्धनले सबैको ध्यान तानेको थियो ।

कांग्रेसले नमानेका अवस्थामा माओवादीले जिल्लामा फेरि यहि गठबन्धनलाई निरन्तरता दिने धम्की कांग्रेसलाई दिनेछ ।

२०७४ सालमा सम्पन्न भएको निर्वाचनमा माओवादी केन्द्रले नुवाकोट क्षेत्र न १ र क्षेत्र १ प्रदेश (क) प्रदेश जितेको थियो भने क्षेत्र नं २ को ख प्रदेशमा जितेको थियो ।

माओवादीले ति तीनै ठाउँमा आफ्नो दावी नछाड्ने माओवादीको स्रोतले बताएको छ ।

प्रतिक्रिया