वाग्मती प्रदेशमा कर्मचारीको उमेर हद ६० वर्ष
 
		
	 नुवाकोट । वाग्मती प्रदेशमा निजामती कर्मचारी अवकाशको उमेर हद ६० वर्ष कायम भएको छ ।
नुवाकोट । वाग्मती प्रदेशमा निजामती कर्मचारी अवकाशको उमेर हद ६० वर्ष कायम भएको छ ।
सरकारले जारी गरेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रमाणीकरण गरेसँगै उक्त उमेर हद तोकिएको हो ।
प्रदेश प्रमुखले स्थानीय तहका सेवाको गठन तथा सञ्चालनसम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश पनि प्रमाणीकरण गरेका छन् । प्रदेश मन्त्रिपरिषद्को साउन २४ गते बसेको बैठकले प्रदेश र स्थानीय तहको सेवा गठन र सञ्चालनसम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्दै साउन २६ मा प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पठाएको थियो ।
प्रदेश सरकारले फागुन महिनामा अध्यादेशमार्फत निजामती र स्थानीय तहको सेवासम्बन्धी अध्यादेश जारी गरे पनि सदनबाट पास गर्न असफल भएको थियो । उक्त समयमा प्रदेशले जारी गरेका पाँचवटा अध्यादेशमध्ये चारवटा नवौं अधिवेशनमा प्रतिस्थापन विधेयकमार्फत पास गर्न सरकार असफल भएको थियो । राजेन्द्र पाण्डे नेतृत्वको सरकारले संघीय र प्रादेशिक निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा फेरि उही अध्यादेश जारी गरेको भन्दै विरोधसमेत भइरहेको छ ।
संघीयता कार्यान्वनयमा निजामती र स्थानीय तहको सेवासम्बन्धी कानुनलाई महत्त्वपूर्ण मानिएको छ । संघमा निजामती ऐन जारी नभइसकेको अवस्थामा प्रदेशले ‘ओभरटेक’ गर्दा गलत सन्देश जाने बताइन्छ । सरकार भने आवश्यकताअनुसार संशोधन गर्दै अगाडि बढ्ने पक्षमा देखिन्छ । कानुनतः अध्यादेश सदन सञ्चालन भएको मितिले ६० दिनभित्र प्रतिस्थापन विधेयक जारी गरी सदनबाट पारित गर्नुपर्ने हुन्छ । तर, सदनमा स्पष्ट बहुमत रहे पनि सरकारले संविधानसाग बाँझिने गरी अध्यादेश ल्याएका कारणले गर्दा अघिल्लो पटक दुईवटा अध्यादेश फेल हुन पुगेका थिए ।
प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालका अनुसार अघिल्लो पटक ल्याएको अध्यादेश जारी भएसँगै निजामती कर्मचारीसँग सम्बन्धित धेरै कार्य सुरु भइसकेका कारण पुनः अध्यादेश ल्याउन बाध्य भएको बताए । ‘सदनमा उठेका विषय र संशोधन प्रस्तावलाई समेटर अध्यादेश जारी गरेका छौं,’ उनले भने ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













 युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए अविरल वर्षाका कारण नुवाकोटको जनजीवन प्रभावित
अविरल वर्षाका कारण नुवाकोटको जनजीवन प्रभावित सबै दलहरु निर्वाचनमा भाग लिन सहमत
सबै दलहरु निर्वाचनमा भाग लिन सहमत प्रतिनिधिसभा विघटनविरुद्ध भएन अन्तरिम आदेश
प्रतिनिधिसभा विघटनविरुद्ध भएन अन्तरिम आदेश





प्रतिक्रिया