नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा १० महिला मनोनित
विदुर खबर
२०७९ साउन ३१ गते १८:५३

नुवाकोट । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन्।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम १० जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन्।
मनोनित हुनेहरुमा किरण यादव (महोत्तरी), राधा घले (काठमाडौं), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ), रुक्मीणी कोइराला (मोरङ), कल्याणी रिजाल (काठमाडौं), गोमा भट्टराई (झापा), गंगा शाही (रुपन्देही) लक्ष्मी खतिवडा (सुनसरी), र सीता देवकोटा (नवलपुर) रहेका छन्।
सम्बन्धित
प्रतिक्रिया