टोल–टोलमा प्रचण्डको शालिक राखेर पूजा गर्ने दिन आउँछ : पुन

विदुर खबर २०७९ साउन ३१ गते १८:३३

नुवाकोट । नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज एवं स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को  टोलटोलमा शालिक बनाएर पूजा गर्ने समय आउने दाबी गरेका छन्।

Advertisement

१९औं दोरम्बा हत्याकाण्ड स्मृति दिवसमा रामेछापको दोरम्बास्थित डाडाकटेरीमा आयोजित कार्यक्रममा पुनले राजनीतिक परिवर्तन र सामाजिक जागरणका नायकका रुपमा प्रचण्डको शालिक बनाएर पूजा गर्ने दिन आउने जिकिर गरे।

प्रचण्डकै नेतृत्वमा भएको माओवादी जनयुद्धले दलित, महिला, मधेसी र जनजाति समुदायमाथि वर्षौंदेखिको थिचोमिचो र अत्याचार अन्त्य भएको पुनको भनाइ छ।

Advertisement

गणतन्त्र नेपालका पहिलो राष्टपति डा. रामवरण यादव र वर्तमान राष्टपति विद्यादेवी भण्डारीले प्रचण्डसँगको भेटमा पटक–पटक आफूहरु राष्टपति हुनुमा माओवादीकै योगदान रहेको बताउँदै आएको उल्लेख गरे।

पूर्वराष्टपति यादवले तराईमा भैंसी चराउने मानिसलाई माओवादी जनयुद्धले उच्च पदमा पुर्‍याएको बताउने गरेको पुनले स्मरण गराए। ०५१ सालको संसद्‌मा ७ जना र ०५६ को संसद्‌मा १२ जना मात्र महिला सांसद रहेको चर्चा गर्दै उनले समावेशी समानुपातिक प्रतिनिधित्वको माओवादी अजेन्डाका कारण हाल संसद्‌मा कम्तिमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको दाबी गरे।

Advertisement

प्रतिक्रिया