पहिरोले पोल ढलेपछि धादिङमा विद्युत् अवरुद्ध
विदुर खबर
२०७९ साउन ३० गते १७:०४

नुवाकोट । पहिरोले विद्युत् पोलमा क्षति पुगेपछि तारुघाट – धादिङबेसी ३३ केभी प्रसारण लाइन खण्ड अवरुद्ध भएको छ ।
जसकारण धादिङबेसी आसपासका क्षेत्रका बासिन्दा प्रभावित बनेका छन् । देवीघाट सवस्टेशनबाट आएको तारुघाट – धादिङबेसी ३३ केभी प्रसारण लाइन खण्डमा सोमबार बिहान तारुकाको दोभानेमा पहिरो गएर पोल र तारमा क्षति पुगेको विद्युत कार्ययल धादिङले जनाएको छ ।
विद्युत कार्यालय धादिङका अनुसार पहिरोले २ वटा पोल भाँचिएका छन् । १० वटा विद्युत पोलमा क्षति पुगेको छ। तारहरु चुँडिएका छन्।
सडकको पहुँचमार्ग नभएको ठाउँमा पोल नै भाँचिएकोले तत्काल मर्मत गर्न सकिने अवस्था नभएको बताइएको छ । नयाँ लाइन बनाउनुपर्ने भएकोले विद्युत सेवा पुन सञ्चालन गर्न करिब २ दिन लाग्ने विद्युत कार्यालय धादिङले जनाएको छ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया