आज बागमतीसहित चार प्रदेशमा पानी पर्ने
विदुर खबर
२०७९ साउन ३० गते ६:३०

नुवाकोट । आज बाग्मति प्रदेशसहित अन्य ३ प्रदेशमा पानी पर्ने भएको छ ।
बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
हाल सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा सामान्य बदली रही बाकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
सम्बन्धित
प्रतिक्रिया