आइतबार सेयर बजार राताम्मे
नुवाकोट । साताको पहिलो दिन आइतबार पनि सेयर बजार राताम्मे भएको छ ।
सबै सूचकहरु ओर्लिएका छन् । परिसूचक नेप्से २७.९२ अंक घटेर २०१० अंकमा कायम भएको छ । कुल १ अर्ब ८७ करोड रुपैयाँको सेयर कारोबार भयो । बैंकिङ ८, विकास बैंक ४७, फाइनान्स ४५, होटल तथा पर्यटन २१, जलविद्युत् ४६, जीवन बीमा २३३, उत्पादन १९०, माइक्रोफाइनान्स ५०, निर्जीवन बीमा ५३, अन्य १६ र ब्यापार उपसमूह ४७ अंक घटे । कुल १८ कम्पनीको मूल्य बढ्दा १६२ को घट्यो भने ३ को स्थिर रह्यो ।
अपर हेवाखोलाको मूल्य ८ प्रतिशत बढ्यो । कालिका पावर, सामलिङ पावर र जल्पा लघुवित्तको मूल्य २ प्रतिशत बढ्यो । गुराँस लघुवित्तको मूल्य ७ प्रतिशत घट्यो ।
हिमालयन डिस्टिलरीको ६, इमर्जिङको ५.८ र नेपाल लाइफको मूल्य ५.७ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी, नेपाल लाइफ, शिवम् सिमेन्ट, स्वाबलम्वन लघुवित्त र नबिल बैंक क्रमश: अगाडि रहे ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बागमती प्रदेशका अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बागमती प्रदेश उद्योग बाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित
स्ट्रेट अफ हर्मुज खोल्न अमेरिका र इरान सहमत
इरान–अमेरिका बीच दुई हप्ते युद्धविराम सहमति
बढी शुल्क र भर्ना लिए तत्काल कारबाही गर्न स्थानीय तहलाई पत्राचार





प्रतिक्रिया