खोलामा हाम फालेकी महिलाको जीवितै उद्धार
विदुर खबर
२०७९ साउन २८ गते १९:३६

नुवाकोट । थापाथलीस्थित वाग्मती पुलबाट हाम फालेकी महिलाको जीवितै उद्धार गरिएको छ ।
महिलालाई पानीबाटै जीवितै उद्धार गरी उपचारका लागि ट्रमा सेन्टर पुर्याइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीले जानकारी दिए ।
उनका अनुसार एक महिलाले शनिबार अपराह्न हाम फालेको र उनलाई स्थानीय र प्रहरीको सहयोगमा केहीबेरमै प्रहरीले उद्धार गरी अस्पताल पुर्याइएको हो । महिलाको पहिचान खुलेको छैन ।
सम्बन्धित
प्रतिक्रिया