नुवाकोटमा गाईजात्राको रौनक (फोटो फिचर)

विदुर खबर २०७९ साउन २७ गते २२:१७

नुवाकोट । आज गाईजात्रा पर्व हास्यव्यङ्ग्य सहित मृतात्माको शान्तिको कामना गर्दै यो पर्व मनाएका छन् । यो पर्वको अवसरमा विभिन्न झाँकी निकाल्ने चलन समेत रहेको छ ।

Advertisement

राजा प्रताप मल्लले गाईजात्रा पर्व चलाएको मान्दै आइएको छ । राजा प्रताप मल्लको छोराको मृत्युपश्चात रानी धेरै शोकमा डुबेपछि उनलाई नगरका जनताका घरमा पनि कसै न कसैको मृत्यु भएको हुन्छ भन्ने देखाउन गाई निकाल्ने प्रचलन सुरु भएको मानिन्छ ।

यतिले पनि रानीको मन शान्त नभएपछि रानीको मनलाई शान्त पार्न हास्यव्यङ्ग्य, ख्यालठट्टासमेत प्रदर्शन गर्न राजाले आदेश दिएबमोजिम गाईजात्राको अवसरमा हास्यव्यङ्ग्यसमेत प्रदर्शन गरिन्छ ।

Advertisement

गाईजात्राको दिन विधिवत रुपमा गाईलाई नगर परिक्रमा गराएमा मृतात्मा सजिलैसित स्वर्गलोकमा पुग्छन् भन्ने धार्मिक विश्वास रहेको छ।

गाईजात्राको दिन स्वर्गमा ढोका खुल्ने र मृतात्माले गाईको पुच्छर समातेर वैतरणी नदी पार गरी स्वर्गलोकमा पुग्छ भन्ने जनविश्वास रहेको छ ।

Advertisement

प्रतिक्रिया