तारकेश्वर गाउँपालिकाको सेवा दानसिंङस्थित सामुदायिक भवनबाट शुरु
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाको सेवा अब दानसिङ दशैडाँडा स्थित सामुदायिक भवनबाट शुरु भएको छ ।
यससँर्गै तारकेश्वर गाउँपालिकाको कार्यालय भवन वडा नं १ दानसिङस्थित दशैडाँडामा स्थानान्तरण गरिएको छ । यसअघिसम्म भाडाको भवनमा कार्यालय रहेकोमा गाउँपालिकाले सामुदायिक भवनको मर्मत संभार गरी त्यहीबाट सेवा सुरु गरेको हो ।
आज गाउँपालिका अध्यक्ष शिव अधिकारीले एक कार्यक्रमकाबीच कार्यालय भवनको उद्घाटन गर्नुका साथै सेवाको समेत शुभारम्भ गरेका थिए । सामुदायिक भवनमा प्रयाप्त पार्किङ, शौचालय, पानीलगायतका सबै सेवासुविधा छन ।
भौतिक संरचना समेत राम्रो रहेकाले नागरिकको सेवाका आगामी दिनमा थप सहज र प्रभावकारी हुने गाउँपालिका अध्यक्ष अधिकारीले विश्वास लिएका छन् ।
यो सामुदायिक भवनमा कार्यालय सारेसँगै गाउँपालिकाले यसअघि बार्षिक ८ लाख रुपैयाँ कार्यालय भाडा तिर्दै आएकोमा त्यो रकम समेत बचत हुन भएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला
विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने





प्रतिक्रिया