रामेछापमा दोहोरो नागरिकता लिन खोजेको आरोपमा महिला पक्राउ

विदुर खबर २०७९ साउन २६ गते १८:४०

नुवाकोट । दोहोरो नागरिकता लिन खोजेको आरोपमा एक महिला पक्राउ परेकी छन् । जन्म मिति सच्चाई दोहोरो नागरिकता लिन खोजेको आरोपमा रामेछाप प्रितिकी निर्मला बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार जन्म दर्ता सच्याएर निर्मलाले नागरिकताको सिफारिस गर्न लगाएकी थिइन् । प्रहरीले जन्मदर्ताको सूचना दिने उनकी आमा दिलकुमारी बस्नेत र वडासचिव तथा पञ्जिकाधिकारी पदमकुमारी बस्नेतलाई समेत अनुसन्धानका लागि बुधबार पक्राउ गरेको छ ।

प्रहरी निरीक्षक राजुप्रसाद ढकालका अनुसार पक्राउ परेका तीनै जनालाई रामेछाप जिल्ला अदालतबाट थुनामा राख्न म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

Advertisement

प्रतिक्रिया