नेपालमा कोरोनाका कारण एकैदिन पाँच जनाको मृत्यु
नुवाकोट । कोरोनाका कारण एकैदिन पाँच जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८१५ जनामा कोरोना संक्रमण पुष्टि हुँदा पाँच जनाको ज्यान गएको छ ।
बिहीबार थपिएकाे संख्या ७ महिना यताकै उच्च हाे । यसअघि माघ १५ गते, ६ जना काेराेना संक्रमितकाे निधन भएकाे थियाे ।एक दिनमा देशभरमा कुल चार हजार ५३४ कोरोना परीक्षण भएको छ । २ हजार ४११ पीसीआर परीक्षणमध्ये ४६५ जनामा र २ हजार १२३ एन्टिजेन परीक्षणमध्ये ३५० जनामा कोभिड १९ संक्रमण पाइएको हो ।
आज थपिएका संक्रमित मध्ये काठमाडौंका १८३ जना, ललितपुरका ५९ जना र भक्तपुरका सात जना रहेका छन् । यसरी बिहीबार काठमाडौं उपत्यकामा संक्रमण पुष्टि हुनेको संख्या २४९ रहेका छन् ।
बिहीबार ४७६ जनाले भने कोरोना संक्रमण जितेका छन् । हाल नेपालमा सक्रिय संक्रमितको कुल संख्या पाँच हजार ८६९ रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया