बाढीले गरेको क्षतिको विवरण बुझ्न मेयर श्रेष्ठ देविघाट क्षेत्रमा पुगे

विदुर खबर २०७९ साउन २५ गते १३:००

नुवाकोट । बुधवार विहान परेको वर्षा र त्यसपछि आएको बाढीको कारण क्षति पुगेको देबिघाटको जालपा क्षेत्रमा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ पुगेका छन् ।

Advertisement

मेयर श्रेष्ठसँगै देबिघाटको जालपा क्षेत्रमा उपमेयर प्रभा बोगटी, विदुर ३ का वडाध्यक्ष बद्री रिमाल, वडा नम्बर ५ का वडाध्यक्ष लिलानाथ न्यौपाने र वडा सदस्य विनोद चित्रकार लगायतले सो क्षेत्रको अवलोकन गरेका छन् ।

त्यसक्रममा मेयर श्रेष्ठले उक्त क्षेत्रमा थप क्षति हुनबाट जोगाउन आवश्यक काम तत्काल सुरु गरिने प्रतिबद्धता जनाए । उनले बाढीबाट उत्पन्न समस्यालाई सबैले एकजुट भएर समाधान गर्नुपर्ने उल्लेख गरे ।

Advertisement

आज विहान आएको बाढीले देविघाटको जालपा क्षेत्रमा किरिया पुत्री वस्ने लगायतको स्थानमा क्षति पुराएको वडा सदस्य विनोद चित्रकारले जानकारी दिए ।

प्रतिक्रिया