नुवाकोटमा बाढीले ववाल, छहरे–टोखा जाने सडक अवरुद्ध
नुवाकोट । मंगलबार राती परेको भीषण वर्षाले नुवाकोटमा घानखेत, पक्की पुल र जलविद्युत संरचनामा क्षति पुर्याएको छ ।
राजधानी काठमाडौ जाने छोटो मार्ग ढिकुरे–छहरे–गुर्जेभन्ज्याङ–टोखा जाने सडक अवरुद्ध भएको छ ।
ढिकुरेबजारभन्दा केही पर तादीखोलामाथि रहेको पक्की पुल ढिकुरेबजारपट्टी आउने भागमा जाली हालेर बनाइएको सडक कटान गरेपछि सडक अवरुद्ध भएको हो ।
उक्त पुल लिखुगाउँपालिका १ र ३ जोड्ने पुल हो । त्यसैगरी तादी र पन्चकन्या गाउँपालिका जोड्ने आँप्रको पक्की पुलमा पनि क्षति भएको छ ।
त्यसैगरी दुप्चेश्वर गाउँपालिका ३ रावतबेसी बाढी पहिरोले सिम्ले र कसेरी खेत बाढीले सखाप पारेको वडाध्यक्ष ध्रुवकर केसीले बताए । वडाध्यक्ष केसीका अनुसार मानवीय क्षति नभएपनि खेत र खेतमा लगाएको धानबाली नष्ट पारेको छ ।
‘सिम्ले र कसेरीमा गरी ५ सय रोपनीमा लगाइएको धानबाली र खेत सखाप भयो,’उनले भने, अझै क्षतिको विवरण संकलन गर्दैछौं ।’ सूर्यगढीगाउँपालिका ५ खारेखोलाले माछापोखरी ल्याउने सिंचाई कुलो र वरिपरिका खेत बगाएको छ ।
हाइड्रोपावरमा क्षति ३ को उद्धार
त्यसैगरी तादी गाउँपालिका ४ र दुप्चेश्वर गाउँपालिका ५ बीच बग्ने तादीखोलामा निर्माण भएको बुद्ध भूमि हाईड्रोपावरमा बाढी परेरका ३ जना कामदारको उद्धार गरिएको छ ।
हाइड्रोपावरको सुरक्षाको लागि बसेका ती कामदार बाढी आएपछि बीचमा रहेको सुरक्षित स्थानमा बसेर ज्यान बचाएपनि दुवैतिर खोलाको बाढीले वारिपारी जान सकेका थिएनन् ।
बुधबार बिहान सकुशल उद्धार गरिएको छ । बाँधमा बाढीले क्षति पुर्याएको बुद्धमूमि हाइड्रोपावर कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठले बताए ।
मानवीय क्षति नभएपनि भारी वर्षाले जिल्लाको पूर्वीभेगमा बाढीले क्षति पुर्याएको र क्षतिको विवरण आउन क्रममा रहेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया