नुवाकोटमा इन्टर स्कुल फुटसल प्रतियोगिता हुने

विदुर खबर २०७९ साउन २३ गते १८:४४

नुवाकोट । नुवाकोटमा पहिलो संस्करणको पिपलटार कप अन्तर स्कुल फुटसल प्रतियोगिता २०७९ आयोजना हुने भएको छ ।

Advertisement

प्रतियोगिता आगामी भदौ १०÷११ गते आयोजना हुने अयोजकले जनाएको छ । प्रतियोगिता पिपलटार फुटसलमा आयोजना हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन् । ।

Advertisement

यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा टिम दर्ता गर्न आयोजकले भदौ ७ गतेसम्मका लागि समय दिएको छ । टिम दर्ताको लागि दुई हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

Advertisement

प्रतिक्रिया