कांग्रेसले साउन ३० र ३१ मा जनप्रतिनिधिलाई प्रशिक्षण दिने
विदुर खबर
२०७९ साउन २३ गते १५:२१
नुवाकोट । नेपाली कांग्रेसले साउन ३० र ३१ गते स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ।
आज बालुवाटारमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षलाई प्रशिक्षण दिने निर्णय गरेको हो।
पार्टीबाट उम्मेदवार भई स्थानीय तहमा प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्ष जितेका जनप्रतिनिधिलाई प्रशिक्षण दिने गरी मिति तय गरिएको सहमहामन्त्री जीवन परियारले बताए।
कांग्रेसले २०७४ को निर्वाचनपछि पनि जनप्रतिनिधिलाई प्रशिक्षण दिएको थियो। सरकार सञ्चालन लगायत विषयबारे जनप्रतिनिधिलाई कांग्रेसले प्रशिक्षण दिन लागेको छ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको सूर्यकुण्ड हाइड्रोले पुस ९ गतेदेखि आईपीओ निष्काशन गर्दै
एमालेमा नेतृत्वका लागि मतदान हुँदै
शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी





प्रतिक्रिया