प्रदेश २ को सरकारलाई प्रमुख विपक्षी दलकै समर्थन !
विदुर खबर
२०७४ फागुन १० गते ९:४०
१० फागुन, जनकपुरधाम । प्रदेश २ को सरकारलाई प्रमुख विपक्षी दल एमालेले विश्वासको मत दिएको छ ।
फोरम र राजपा गठबन्धनबाट मुख्यमन्त्री बनेका लालबाबु राउतले बिहीबार प्रदेशसभामा विश्वासको मत लिनु पर्ने थियो । बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेशको उन्नतीका लागि एक हुनुपर्ने भन्दै दलहरुसँग मत मागेका थिए ।
प्रमुख विपक्षी दलका नेता सत्यनारायण मण्डलले एमाले प्रदेशका जनताको विपक्षमा हुन नसक्ने बताए ।
उनले आफ्नो पार्टी सरकारमा सहभागी नहुने तर, विश्वासको मत दिने घोषणा गरे । मण्डलले भने, ‘अहिले स्थिर सरकार चाहिएको छ । सत्ता पक्षबाट आगामी दिनमा कस्तो व्यवहार हुन्छ हेर्छौं । तर, मुख्यमन्त्रीलाई हाम्रो विश्वासको मत छ ।’
कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले भने प्रतिपक्षमा बस्ने, विश्वासको मत दिने कस्तो हो भनेर टिप्पणी गरे ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












Breaking News कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ
आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन





प्रतिक्रिया