नुवाकोट क्षेत्र नम्बर १ बाट चुनाव लड्ने कांग्रेस प्रवत्ता महतको तयारी
नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता तथा पुर्वमन्त्रि डा. प्रकाशशरण महतले प्रत्यक्ष चुनाव लड्ने भएका छन् ।
बिहिबार आफ्नै निवासमा नुवाकोटका पत्रकारहरुसँगको भेटघाटको क्रममा डा. महतले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा आफुले प्रत्यक्ष चुनाव लड्ने तयारी गरेको बताए ।
म आगामी मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षमा लड्ने निश्चित जस्तै छ तर कुन जिल्लाको कति क्षेत्रबाट चुनाव लड्ने भन्ने विषयमा भने टुङ्गो नलागेको उनले बताए ।
निर्वाचन आउँदै छ, तपाईँको क्षेत्र काठमाडौँको ५ नम्बर कि नुवाकोटको १ भन्ने पत्रकारको प्रश्नमा उनले सल्लाह पनि भइरहेको बताए । साथीहरूको सद्भाव रह्यो भने नुवाकोट जाने हो, उनले भने ।
उनले काठमाडौँ क्षेत्र नम्बर ५ बाट निर्वाचन लड्ने चर्चा चलिरहँदा जिल्लाबाटै निर्वाचन लड्ने मनसाय समेत व्यक्त गरेका छन् ।
पूर्व अर्थमन्त्री रामशरण महत स्वास्थ्यका कारण प्रत्यक्ष निर्वाचनमा नलड्ने चर्चा भएसँगै प्रवक्ता महत नुवाकोट क्षेत्र १ मा दाबेदारका रूपमा देखिएका छन् । उनी रामशरणका सहोदर भाई हुन्।
फरक प्रसंगमा डा. महतले नुवाकोटमा थप विकासका लागि पनि आफ्नो आवश्यकता रहेको बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट
आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं





प्रतिक्रिया