नुवाकोट क्षेत्र नम्बर १ बाट चुनाव लड्ने कांग्रेस प्रवत्ता महतको तयारी

नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता तथा पुर्वमन्त्रि डा. प्रकाशशरण महतले प्रत्यक्ष चुनाव लड्ने भएका छन् ।
बिहिबार आफ्नै निवासमा नुवाकोटका पत्रकारहरुसँगको भेटघाटको क्रममा डा. महतले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा आफुले प्रत्यक्ष चुनाव लड्ने तयारी गरेको बताए ।
म आगामी मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षमा लड्ने निश्चित जस्तै छ तर कुन जिल्लाको कति क्षेत्रबाट चुनाव लड्ने भन्ने विषयमा भने टुङ्गो नलागेको उनले बताए ।
निर्वाचन आउँदै छ, तपाईँको क्षेत्र काठमाडौँको ५ नम्बर कि नुवाकोटको १ भन्ने पत्रकारको प्रश्नमा उनले सल्लाह पनि भइरहेको बताए । साथीहरूको सद्भाव रह्यो भने नुवाकोट जाने हो, उनले भने ।
उनले काठमाडौँ क्षेत्र नम्बर ५ बाट निर्वाचन लड्ने चर्चा चलिरहँदा जिल्लाबाटै निर्वाचन लड्ने मनसाय समेत व्यक्त गरेका छन् ।
पूर्व अर्थमन्त्री रामशरण महत स्वास्थ्यका कारण प्रत्यक्ष निर्वाचनमा नलड्ने चर्चा भएसँगै प्रवक्ता महत नुवाकोट क्षेत्र १ मा दाबेदारका रूपमा देखिएका छन् । उनी रामशरणका सहोदर भाई हुन्।
फरक प्रसंगमा डा. महतले नुवाकोटमा थप विकासका लागि पनि आफ्नो आवश्यकता रहेको बताए ।
प्रतिक्रिया